शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • अलपत्र बच्चालाई उद्धार र आर्थिक सहयोग

अलपत्र बच्चालाई उद्धार र आर्थिक सहयोग

  • बिहिबार, मंसिर १९, २०७६
अलपत्र बच्चालाई उद्धार र आर्थिक सहयोग

स्वामिकार्तिक गाँउपालिका १ साप्पाटामा आमाको मृत्यु पछि अलपत्र बनेका दुई नावालक भाइबिहिनीलाई एसोएस वालग्राम धनगढीले उद्धार गरेको छ । साथै बच्चाहरुको सहयोगका लागि संकलित भएको रकम बच्चाका बुवालाई हस्तान्तरण गरिएको छ ।
दुई भाइबिहिन अलपत्र परेको समचार दि हिमालयन टाईम्स, बडिमालिका खबर, नागरिक दैनिक, दिनेश खबर लगायत सञ्चार माध्यममा प्रकाशित पछि एसोएस वालग्राम धनगढिले उद्धार गरेको एसोएस वालग्राम धनगढीका प्रमुख पदम हमालले वताएका छन् । साथै बच्चाको दुध, लुगाकपडा र खाद्यन्नको लागि सहयोग भन्दै देशबिदेश बाट आएको ६६ हजार १ सय ५० प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपाने बाट बच्चाको बुवालाई हस्तान्तरण गरिएको छ ।
समचार प्रकाशित पछि बच्चाहरु अबस्था अलपत्र परेका थाहा पायौ, अनि उद्धार गरेको एसोएस धनगढीले वताएको छ । बच्चाहरुको सहयोगका लागि भन्दै गंगा कोइराला, नर मैनाली, बल खत्रि, बिन्द्रा खत्रि, सोनी रेग्मि बास्तोला, संगिता घिमिरे, अर्जुन भण्डारी, अमृता सुनार, मदन कुमार राई, संगम क्षेत्रिले सहयोग गर्नु भएको थियो । त्यस्तै रबिन श्रेष्ठ, मेनुका गुरुङ्ग, राजन श्रेष्ठ, मदन दाश, कृष्ण आर्चय र खगेन्द्र अधिकारीले सहयोग गर्नु भएको थियो । समचार बाट अलपत्र थाहा पाएपछि सानै रकम भएपनि सहयोग गरेको अमेरिका बस्ने गंगा कोइरालाले वताए । स्वामिकार्तिक गाँउपालिकाले समचार सम्प्रेण पछि २५ हजार सहयोग गरेको गाँउपालिकाका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । रकम पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले संकलन गर्नु भएको थियो ।
आमा बच्चि लुवार गत साउनको महिना अकस्मात मृत्यु भएको थियो । ५१ बर्षिय बज्यै सुकी लुवारको भरमा दुई नावालक बच्चाहरु रहेका थिए । ३ बर्षको देबदत्त लुवार र ६ महिनाकी बसन्ती लुवार बेसाहारा बनेका हुन् । सम्पत्तिको नाममा एउटा घर समेत नभएकी सुकी लुवारलाई नाति नातिनि पाल्न निकै सकस भएको छ । ६ महिनाकी बसन्तिलाई अरु बाट गाई भैसीको दुध मागेर पालिरहेकि छन् । दुबै भाइबहिनि पाल्नका लागि गाँउ चार्हेने गरेको सुकीले वताईन् ।
अलपत्र रहेका दुबै भाइबहिनि कुपोषणको चपेटामा रहेका छन् । देबदत्त लुवार त अलि थिकै छन, ६ महिनाकी बसन्ती भने कुपोषण बाट निकै ग्रस्त रहेकी महिला अगुवा बिनिता बिकले वताईन् । पोषिलो खानेकुरा नभएकाले कुपोषणको चपेटामा रहेको सुमित्राले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार