शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविर सञ्चालन

वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविर सञ्चालन

  • बुधबार, मंसिर १८, २०७६
वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविर सञ्चालन

बुढिगंगा नगरपालिकाको टाँटेमा वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सञ्चालन भएको छ । आज र भोली सम्म सञ्चालन हुने शिबिरको उदघाटन बुढिगंगा नगरपालिका उपप्रमुख तारा थापा खातिले गरेकि छन् ।
आड्रा नेपालको आयोजना, यूकेआइडी, यूएनएफपीएको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाजुराको समन्यवमा संञ्चालित शिविरमा मुख्य गरेर यौन तथा प्रजनन् स्वास्थ्य समस्या केन्द्रित भएर सेवा प्रवाह गरिने आड्रा नेपालका जिल्ला संयोजक रत्न कायस्तले बताए । किशोर किशोरीहरुको लागि वृहत नि.ंशुल्क यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने उदेश्यले आयोजित शिविरको एक कार्यक्रमका विच सुभारम्भ गरिएको हो ।
स्वास्थ्य ब्यबस्थापन समितिका अध्यक्ष केशब बहादुर थापाको अध्यक्षमा उद्घाटन भएको शिबिरमा आड्रा नेपालका डाक्टर ईश्वर प्रशाद उपाध्याय र डा. प्रियंका श्रेष्ठको नेतृत्वले शिबिरमा सेवा सञ्चालन गरेका छन् । टाँटे स्वास्थ्य चौकिमा सुरु भएको शिविरमा परिवार नियोजन, इनप्लान्ट, आइ.सी.युडी सेवा, प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श, यौन रोग सम्बन्धी उपचार तथा परामर्श र किशोर किशोरी समुह परामर्श सेवा प्रदान गरिने बताइएको छ ।
उद्घाटन कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख लाल बहादुर खड्का, UNFPA का कृष्ण चाैधरी, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह लगायतको सहभागिता रहेको थियो । मनो सामाजिक सेवा मनोबैज्ञानिक परामर्श समेत दिइएको थियो । पहिलो दिन २ सय २१ जना सेवा लिन आएका छन् । जसमा सुचना तथा संचार सेवा ३ सय १९, समुह परार्मश सेवा १ सय ८३, मनोसामाजिक परार्मश सेवा १९, बिशेष परार्मश सेवा १०, बहिरइ सेवा ७९,  परिवार नियाेजन सेवा ३ र औषधि बितरण सेवा ७२ जनालाइ गरिएको आड्रा नेपालका जिल्ला संयोजक रत्न कायस्तले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार