शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • नेपाली काग्रेस कार्यक्रता नेकपामा प्रबेश बिज्ञप्ती सहित

नेपाली काग्रेस कार्यक्रता नेकपामा प्रबेश बिज्ञप्ती सहित

  • बुधबार, मंसिर १८, २०७६
नेपाली काग्रेस कार्यक्रता नेकपामा प्रबेश बिज्ञप्ती सहित

केही दिन अगाडी भएको उपनिर्बाचनमा नेपाली काग्रेसका कार्यक्रताले भोट नहालेको भन्दै कुटाइ पाएका काग्रेस कार्यक्रता नेकपामा प्रबेश गरेका छन् ।
उपनिर्वाचनको विषयलाई लिएर त्रिवेणी १ छतारा आपसी विवाद उत्पन्न भएको र केही कार्यक्रतालाइ कुटपिट समेत गरेको थियो । निर्वाचनमा हार बेहोरेपछि काँग्रेस आस्थावना कार्यकर्ता बीचमै आपसी विवाद पछि नेपाली काग्रेस छोडेर त्रिबेणी १ का भिम बहादुर मिजार लगायत केही ब्यक्तीहरु नेकपामा प्रबेश गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


भोट दिए नदिएको बारे आरोप प्रत्यारोपको विषयले उग्ररुप लिएपछि विवादसँगै सामान्य कुटपिट भएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन् । काँग्रेसलाई भोट नदिएको भन्दै आक्रोश पोखेपछि आपसी कुटाकुट हुँदा मिनादेबी मिजार घाइते भएकी थिइन ।
आपसी कुटाकुटपछि भीम चदारा घाइते भएका छन्। भीम स्वयम आफै काँग्रेसबाट उम्मेदवार बनेका खगेन्द्र चदाराका एजेन्टसमेत बसेका थिए। उनैलाई मत नदिएको आरोप लगाएर कुटपिट गरेको श्रोतको दाबी छ। घाइते भीम चदाराको स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि जिल्ला सदरमुकाम पुगेर बिज्ञप्ती सहित पाटि परित्याग गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

भीम चदारालाई छिमेकी काँग्रेसकै कार्यकर्ता कालु चदाराले कुटपिट गरेको प्रहरीले बताएको छ । कुटपिट गर्ने कालु चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कालु चदारा सहीत मदिरा सेवन गरेर गाउँमा होहल्ला गर्ने अन्य चार जनालाई पनि नियन्त्रणमा लिएको छ।

उपनिर्वाचनमा नेकपासँग २० मतले पराजित भएपछि काँग्रेस कार्यकर्ताबीच आपसी मतभेद बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार