शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टी बजार दुर्गन्धीत बन्दै

कोल्टी बजार दुर्गन्धीत बन्दै

  • मङ्लबार, मंसिर १७, २०७६
कोल्टी बजार दुर्गन्धीत बन्दै

बाजुरा १७ मसिंर — बाजुरा जिल्लाको सदरमुकाम पछिको दोस्रो ठुलो बजार कोल्टी बजार र्दुगन्धीत बन्दै गएको छ । बजार ब्यबस्थापनमा कसैको चासो नहुँदा सो समस्या आएको हो । बजारमा भएको ढलको पानीले सुख्खायाममा पनी कोल्टी बजार हिलाम्मे बनेको छ । कोल्टी बजार अब्यबस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने जाने यात्रुले निकै सास्ती भोग्नुपरेको छ । स्थानीय तहले ढल निकासका लागि कुनै पहल नगरेको र स्थानीयको गुनासो रहेको छ । बाजुरा जिल्लाको सदरमुकाम पछीको ठुलो सहर बिमान स्थल समेत रहेको बजारको यो स्थीतीले त्यहाँका जनतामा निराशापन छाएको छ । कोल्टीका स्थानीय बासीले २ बर्षदेखी पानीको हाहाकार, हुनुका साथै ३ बर्षदेखी बिजुली समेत बाल्न पाएका छैनन् ।
देशका बिभिन्न भागवाट हवाइजहाजबाट बाजुरामा अवतरण गर्दा यो कोल्टी बजारको ब्यबस्थापनले बाजुराको पहिचान हुने यो बजारमा स्थानीय बजारबासीले हरेक हप्ता सरसफाई गरे पनी नहुने देखीएपछी स्थानीय तहलाई गुहार माग्दा पनी कुनै वास्ता नगरेको स्थानीएको गुनासो रहेको छ ।
बजारमा धारमा खानेपानी छैन होटलबाट निस्केको बजारको दुर्गन्धीत पानीले बजार हिउँदको समयमा पनी असारको रोपाई गर्ने खेत जस्तै सडक भएको स्थानीएले बताए ।
मुख्य बजारमा जताततै सवारी साधन पार्किङ हुँदा सर्वसाधारणका लागि हिँड्ने वाटो समेत छैन । मार्तडी कोल्टी सडको मुख्य केन्द्रको रुपमा रहेको बुढिनन्दा नगरपालिका वडा न २ मा पर्ने कोल्टी बजारको पुरानै खच्चर चल्ने सडक त्यही सडकमा सवारी पार्कीङ्गले बजारलाई झन अब्यबस्थ्ीत बन्दै गएको र सडक छेउछाउमा रहेका पसल होटलमा दिनभरी हिलो छ्यापेर गाडी गुड्छन तर स्थानीय सरकाले कुनै ध्यान नदिएको स्थानीय ब्यापारी सन्जय रोकायाले बताए छ ।
गाडी गुड्नुपर्ने सडकको दुवैतिर आउने जाने यातायातका साधन पार्किङस्थल वनेपछि स्थानीय वासिन्दाले निकै सास्ती भोग्नु परेको छ । सदरमुकाम मार्तडी पछिको मुख्य बजार कोल्टीको लाल्टीन बजार देखी बगेको ढल तल्लो बजारसम्म हिलाम्मे सडकले कहिल्यै दुर्गन्धीत हुदा बिभिन्न रोगकको संक्रमण हुन थालेको र यसको समयमै नगरपालिकाले ध्यान नदिएमा ठुलो महामारी फैलीन सक्ने नागरिक अगुवाहरु बताउनछन । नगरपालिकामा पटक पटक आग्रह गर्दा पनी नगरपालिकाले ध्यान नदिएको नागरिक अगुवा सागर गिरीको भनाइ रहेको छ ।
यता नगरपालिकाले भने त्यसका लागी ठुलो बजेटको आबस्यक पर्ने भएकोले नगरपालिकाले त्यसको ब्यबस्थापनमा जुटेको आस्वासन दिएको छ । कोल्टी बजारलाई ब्यबस्थीत गर्नका लागि आबस्यक पहल भइरहेको र केन्द्र सरकारलाइ माग गरेकोले केही महिनामा नै यसको समाधान निस्कने बुढिनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले बताए ।
यतिबेला सवारी साधनको उचित पार्किङको ब्यवस्था र सडकमा सवारी साधनको चाप बढेसगै बजारलगायत आसपास क्षेत्र झनै कुरुप बन्दै गएको छ । सडकमा फुटपाथ निर्माण बजारमा निस्कीने ढलले गर्दा कोल्टी बजार दिन दिनै बढ्दै गएको अव्यवस्थित बसोबास र अव्यवस्थित संरचनाको मारमा बजार परेको छ । समयमा नै बुढिनन्दा नगरपालिका र स्थानीय बासिन्दा सचेत नरहने हो भने विभिन्न किसिमका रोगले जनतामा संक्रमण हुने निस्चित देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार