आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • कुरा मात्र भो’ पुग्यो ३०औँ भाग भिडीयाे सहित

कुरा मात्र भो’ पुग्यो ३०औँ भाग भिडीयाे सहित

  • मङ्लबार, मंसिर १७, २०७६
कुरा मात्र भो’ पुग्यो ३०औँ भाग  भिडीयाे सहित

 एनटिभी प्लसबाट प्रसारण भइरहेको हाँस्य टेलिचलचित्र ‘कुरा मात्र भो’ ३०औँ भागमा प्रवेश गरेको छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण ‘कुरा मात्र भो’ले दिनानुदिन दर्शकको मन जितिरहेको छ । यस सिरियलमा पुराना तथा नयाँ कलाकारहरुले अभिनय गरिरहेका छन् । निर्देशक अर्जुन गौतमले भने , सिरियल परिमार्जन गर्दै विकृति विसंगतीलाई चोटिलो प्रहार गरेका कारण सिरियल दर्शकको मनमा बस्न थालेको हो । यहि सिरियललाई निरन्तरता दिने समेत बताए । सिरियलमा रोशनी सापकोटा, उत्तम अर्याल कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँलागाई ,भोला अधिकारी, धर्म भण्डारी, विरूप घले, ग्याम्जो लामा, कपिल देवकोटा, गोपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनोज श्रेष्ठ, ठाकुर आचार्य , प्रनिश गिरी, ईन्द्र आलेमगर, लिजा रानामगर, मेनुका गुरूङ,रश्मि भट्ट लगायतको अभिनय रहेको छ । सिरियलमा केशब अधिकारीको छायाँकन छ भने संगीत तथा गायन मिनप्रकाश ओलीको छ । मनिष कार्कीको सम्पादन रहेको सिरियलमा भोला अधिकारीको सह निर्देशन छ ।

https://www.youtube.com/watch?v=YoO99mE1ZCA&feature=youtu.be&fbclid=IwAR3jwMz8jd_w8lxGnzyZmkSZDeLtQyzGvjtqsvZjvfChleeRKG8AgZylg4Y

चर्चामा

सम्बन्धित समाचार