शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविरमा ५ सय बढिले पाए उपचार सेवा

वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविरमा ५ सय बढिले पाए उपचार सेवा

  • आइतवार, मंसिर १५, २०७६
वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविरमा ५ सय बढिले पाए उपचार सेवा

बाजुरा १५ मसिंर– बाजुराको कोल्टीमा वृहत यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धीको २ दिने शिविर आज एक कार्यक्रमका विच सम्पन्न भएको छ । २ दिन सम्म संचालन भएको वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविरमा ५ सय २१ जनाले सेवा लिएका छन । १४ गते देखी संचालन भएको शिबिरमा १८ देखी ३५ बर्षउमेर समुहका किशोर किशोरीहरुका लागि सो कार्यक्रम संचालन भएको आड्रा नेपालका जिल्ला संयोजक रत्न कायस्तले बताएका छन् । दुइ दिन सम्म संचालन भएको शिबिरमा समूह परामर्श २ सय ५० जनालाई, मनोसामाजिक परामर्श सेवा १ सय ६५ जनालाई, विशेष परामर्श सेवा १४ र बहिरंग सेवा १ सय ६५ जनालाई दिएको हो । त्यस्तै परिवार नियोजन सेवा अन्र्तगत इम्प्लान्ट सेवा २० र एक जनाको इन्पालान्ट निकालेको बताइएको छ । त्यसै गरि कर्पटी सेवा १ जना र औषधी वितरण १ सय ५५ जनालाई दिइएको आर्डा नेपालका जिल्ला संयोजक रत्न कायस्तले बताएका छन् । सुचना तथा साम्रगी ३ सय ५० जनालाई बितर गरिएको आर्डा नेपालको आयोजना, यूकेआइडी, यूएनएफपीएको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाजुराको समन्यवमा संञ्चालित दुई दिने शिविरमा मुख्य गरेर यौन तथा प्रजनन् स्वास्थ्य समस्या केन्द्रित भएर सेवा प्रवाह गरिएको जिल्ला संयोजक कायस्तले बताए । किशोर किशोरीहरुको लागि वृहत नि.ंशुल्क यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने उदेश्यले आयोजित शिविरको १४ गते देखी संचालन गरिएको आयोजकले बताएको छ । बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुरु भएको शिविरमा परिवार नियोजन, इनप्लान्ट, आइ.सी.युडी सेवा, प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श, यौन रोग सम्बन्धी उपचार तथा परामर्श र किशोर किशोरी समुह परामर्श सेवा भोलि सम्म प्रदान गरिने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार