शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको विकासका लागि सदैव तयार रहेको मन्त्री शाहको भनाई

बाजुराको विकासका लागि सदैव तयार रहेको मन्त्री शाहको भनाई

  • शनिबार, मंसिर १४, २०७६
बाजुराको विकासका लागि सदैव तयार रहेको मन्त्री शाहको भनाई

संगिता तिमिल्सेना
सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बाजुराको विकासका लागि आफु हरदम तयार रहेको वताएका छन् । शनिवार मार्तडी घट्मुना सडकको उद्घाटन गदैं उहाँले यस्तो वताएका हुन् ।
जिल्लाको विकास गर्ने केही समय नलाग्ने बताउँदै सबैको एकता भएमा विकास तथा रुपान्तरण गर्ने सकिने बताउँदैं सबैले साथ सहयोग दिन अनुरोध गदैं विकासका लागि दृढ संकल्पका साथ आफु लागेको वताए । बाजुराबाट हरेक ठाउँमा नेतृत्व नभएका कारण यस अघि जिल्लालाई हेर्ने दृष्टिकोण फरक भएको बताउँदै अन्य जिल्लाको हकमा बाजुरामा बढी बजेट प्रदेश सरकारबाट विनियोजन गरेकोमा जोड दिदैं विगतका शासकहरुले बाजुरा पछाडी र पहुँच कम भएका कारण विकासमा हामी पछि परेकोले अब बाजुरा सबै क्षेत्रबाट अघि बढिरहेको वताए ।
बाजुराको गरिबी, अभाव, असामानतालाई हटाउँदै असमानता भौतिक विकासमा बाजुरालाई बाजुराको मानव विकास सुचकांङ्गलाई माथि उकास्न प्रदेशका हरेक निति र कार्यक्रममा बाजुराको विकासका लागि प्रदेश सरकारले आफ्नो निति र कार्यक्रममा उल्लेख गरेको दोहोर्याउनु भएको छ । सडक उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले प्रदेश सरकारले जिल्लाको विकासमा देखाएको ईच्छा शतिm महत्वपूर्ण भएको बताएका छन् । सोही कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले प्रदेश सरकारले बाजुरामा प्राविधिक बिद्यालय बनाउ गरिव तथा निमुखाका छोराछोरीहरुलाई जिल्लामै पढ्ने वातावरणको व्यवस्था गर्ने माग गरेका छन् । त्यस्तै गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापाले कम्पनीलाई मात्र जिम्मा नदिएर सडक निमार्ण संगै सडकको गुणस्तरलाई समेत सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।
यता पूर्वाधार विकास कार्यालय अछाम बाजुराका ईन्जिनियर जंग बहादुर थापाले कुनै संरचना कमजोर बनाए ठेकदार र निमार्ण कम्पनीले नै जिम्मा दिनुपर्ने बताउँदै पहिलो चरणमा बनाउँदै गर्दा सबै कुरामा ध्यान दिनुपर्नेमा आग्रह गरेका छन् । प्रदेश सरकारको १५ करोड ८३ लाख ७२ हजार सात सय ६८ बराबरको बजेटमा मार्तडी घट्मुना सडक कालोपत्रे हुने भएको छ । धुलीखेल ग्वाल्बा श्यामा एण्ड शंकर जे.भि.ले सडक निमार्णको ठेक्का लिएको छ । पूर्वाधार विकास कार्यालय अछाम बाजुराका ईन्जिनियर जंग बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिति सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह रहनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, बडिमालिका नगरपालिकाका उपप्रमुख कविता बिष्ट, गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापा, नेकपा प्रदेश कमिटी सदस्य दिपक बुढा, नेकपाका नेता गगन रावल लगायत जनप्रतिनिधि, स्थानीयको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार