बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविर कोल्टीमा शुरु

वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविर कोल्टीमा शुरु

  • शनिबार, मंसिर १४, २०७६
वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविर कोल्टीमा शुरु

बाजुरा १४ मसिंर– बाजुराको कोल्टीमा वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविरमा आज देखि शुरु भएको छ । वृहत यौन तथा प्रजनन स्वास्थ्य शिविरमा २ सय १७ जनाले सेवा लिएका छन । १५ गते सम्म सञ्चालन हुने शिविरको पहिलो दिन समूह परामर्श ८२ जनालाई, मनोसामाजिक परामर्श सेवा २० जनालाई, विशेष परामर्श सेवा ६ र बहिरंग सेवा १ सय १२ जनालाई दिएको हो । त्यस्तै परिवार नियोजन सेवा अन्र्तगत इम्प्लान्ट सेवा १८ जना, कर्पटी सेवा १ जना र औषधी वितरण १ सय ११ जनालाई दिइएको आर्डा नेपालका जिल्ला संयोजक रत्न कायस्तले बताएका छन् । आर्डा नेपालको आयोजना, यूकेआइडी, यूएनएफपीएको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाजुराको समन्यवमा संञ्चालित दुई दिने शिविरमा मुख्य गरेर यौन तथा प्रजनन् स्वास्थ्य समस्या केन्द्रित भएर सेवा प्रवाह गरिएको जिल्ला संयोजक कायस्तले बताए । किशोर किशोरीहरुको लागि वृहत नि.ंशुल्क यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने उदेश्यले आयोजित शिविरको आज विहान एक कार्यक्रमका विच सुभारम्भ गरिएको हो । स्वास्थ्य व्यवस्थापन समितीका अध्यक्ष तथा बुढिनन्दा नगर पालिका १ का वडा अध्यक्ष निर्प राज खत्रीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि शुरु गरिएको शिविरको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मी रहनुभएको आयोजकले बताएको छ । आर्डा नेपालका डाक्टर ईश्वर प्रशाद उपाध्याय र स्वास्थ्य कार्यालय बाजुराका प्रतिनिधि रामचन्द्र यादव विशिष्ट अतिथि रहेको सो कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख सिंहराज गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि श्रृष्टी रेग्मीले व्यानर पढेर उद्धघाटन गर्नुभएको बताइएको छ । कार्यक्रममा उपप्रमुख तथा प्रमुख अतिथि रेग्मीले बाजुरामा प्रजनन तथा यौन स्वास्थ्य समस्या ब्याप्त रहेको अवस्थामा जिल्ला स्वास्थ्य कार्यालयले शिविरको आयोजना गरेको प्रति धन्यवाद ज्ञापन गरेकी छन् । आज विहान देखि शुरु भएको शिविरको उद्घाटन कार्यक्रमको सञ्चालन एच ए ओमजंग शाहीले गरेका थिए । बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुरु भएको शिविरमा परिवार नियोजन, इनप्लान्ट, आइ.सी.युडी सेवा, प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श, यौन रोग सम्बन्धी उपचार तथा परामर्श र किशोर किशोरी समुह परामर्श सेवा भोलि सम्म प्रदान गरिने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार