मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार सिंहको नाम जस्तै कामको भिडियो सार्वजनिक

पत्रकार सिंहको नाम जस्तै कामको भिडियो सार्वजनिक

  • शनिबार, मंसिर १४, २०७६
पत्रकार सिंहको नाम जस्तै कामको भिडियो सार्वजनिक

बाजुरा १३ मंसिर।
“सामान बोकी जान्छन उनी दीनदुखीलाई भेट्न,
सक्ने प्रयास गर्ने गरेकै छन् मनको पीडा मेट्न”

गरिव दुखी जनताको सेवा गर्ने काम
बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम,

सहयोग गर्ने सवैकन प्रकाशले हात जोड्छन
निरास भाका दीनदुखीको जीवन नै मोडदिन्छन्

गरिव दुखी जनताकोे सेवा गर्ने काम

बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम”
यी माथिका शव्दले नै प्रकाश सिंहको नाम र काम उचारण प्रष्ट गरेको छ । नाम हो प्रकाश सिंह उनको नाम मात्रै प्रकाश होइन काम पनि प्रकासले झै गर्ने गर्दछन् ।

एकदशक देखि पत्रकारीता क्षेत्रमा उदाएका प्रकाश दिनदुखीका लागि प्रकाश बनेर नै छरिने काम गरिरहेका छन् । जिल्लामा जताततै पत्रकार सिहंको कामको चर्चा छ ।

पत्रकार सिंह जिल्लामा जहाँ पुग्छन् त्यहाँ भेटिएका विरामीहरुले राहत पाउँछन् । पत्रकार सिंह जहाँ पुगेपनि त्यही ठाउँमा कुनै न कुनै समस्या झेलीरहेका दीनदुखीहरु भेट्ने गर्छन् ।

जिल्लामा रिपोटिगकै शिलसिलामा जानेक्रममा कयौं विरामीहरुलाई उनले सामान्य खालको उपचार समेत गरिदिने गरेका छन् । यति मात्रै होइन उनको खल्तिमा भएको रकम समेत दीनदुखीका लागि खर्च गरिदिन तयार हुन्छन् ।

उनले पत्रकारीता मात्रै होइन सामाजिक सेवा समेत गर्ने गर्दछन् । उनले हालसम्म वृद्धवृद्धा, अपागं, पिडित बालवालिका लगायत ५० बढीको जिल्लाबाटै उद्धार गर्न सफल भईसकेका छन् ।

उनको नाम जस्तै कामको म्युजिक भिडियो शुक्रबार बजारमा आएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष समेत रहेका पत्रकार सिंहको वास्तविक जीवनको कथावस्तुलाई तयार पारेर उनकी धर्मपत्नी चन्द्रकला शाह सिंहले शव्द कारेको गित सार्वजनिक भएको छ ।

विशेष फिलिम्सको प्रस्तुतिमा बाजुरामा जन्मेका प्रकाश सिंह नामक बोलको गीत सार्वजनिक भएको छ । गीतमा गौरी भट्ट र नेत्र परियारले स्वर दिएका छन् । गीतलाई समित परियारले एरेन्ज गरेका छन् भने खड्क बाजुरालीले मिक्सिग गरेका छन् ।
गितको भिडियो हेर्न तलको लिकमा क्लिक गर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार