बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिका वडा न १ छतारामा मतदान सुरु

त्रिबेणी नगरपालिका वडा न १ छतारामा मतदान सुरु

  • शनिबार, मंसिर १४, २०७६
त्रिबेणी नगरपालिका वडा न १ छतारामा मतदान सुरु

बाजुरा जिल्लाको त्रिवेणी नगरपािलका वडा नं १ छतारामा वडा अध्यक्षका लागि उपनिर्वाचन सुरु भएको छ । त्रिवेणी नगरपािलका वडा नं १ छताराका स्थानिय ७० वर्षिय अर्जुन बहादुर बुढाबाट मतदान सुरु गरेको त्रिवेणीका वडा अध्यक्ष मिन बहादुर भण्डारीले जानकारी दिनुभयो । मतदान अनुशासित तरिकाले सम्पन्न गर्नका लागि महिला र पुरुषको छुट्टा छुट्टै लाइन बनाएर मतदान गर्न सुरु गरिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । त्रिवेणी १ मा रहेको छतारादेवि आधारभुत विद्यालयमा मतदानकेन्द्र मतदान हुँदैछ । एक हजार ३९ मतदाता रहेको त्रिवेणी नगरपालिका वडा नं १ मा ढुक्क भएर मतदान गर्न पनि निर्वाचन अधिकृत भोलाराज रेग्मीले स्थानियलाई आग्रह गर्नुभएको छ । उपनिर्वाचन हुन लागेको क्षेत्र छतारामा सुरक्षा व्यवस्था निकै कडाईका साथ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यसै गरी देशभर अाजै उपनिबार्वाचनकाे तयारी का साथै मतदान सुरु गरिएकाे निर्वाचन अायाेगले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार