आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बिगबोसमा चर्चित ‘सिद्धनाज’ जोडी

बिगबोसमा चर्चित ‘सिद्धनाज’ जोडी

  • बिहिबार, मंसिर १२, २०७६
बिगबोसमा चर्चित ‘सिद्धनाज’ जोडी

नयाँदिल्ली : भारतको चर्चित रियालिटी शो ‘बिगबोस’ को १३औं सिजनमा सिद्धार्थ शुक्ला र सेहेनाज गिल बलिया प्रतिस्पर्धी हुन् ।

सिद्धार्थ ‘एग्रेसन’का कारण चिनिएका छन् भने सेहेनाज ‘रोमान्टिक’ चरित्रका कारण । सेहेनाज नयाँ प्रतिस्पर्धी भए पनि सिद्धार्थसँग निकट देखिएपछि पछिल्लो समय उनका पनि प्रशंसक बढ्न थालेका छन् ।

त्यसो त, सिद्धार्थ र सेहेनाजको जोडीलाई दर्शकले मन पराएको टिप्पणी हुँदैआएको छ । कतिपय दर्शकले फोन गरेरै उनीहरुलाई साथ नछोड्न शुभकामना समेत दिए । उनीहरुका प्रशंसकले हालै ‘सिद्धनाज’ भन्दै ट्रोल समेत बनाएका छन् ।

यससँगै सिद्धार्थ र सेहेनाज घरभित्र गार्डेन लगायत अन्य स्थानमा रमाउँदै गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । फेसबुक सहित, ट्वीटर र इन्स्टाग्राममा समेत उनीहरुका अन्तरंग कुराकानी भएका भिडियो सार्वजनिक भएका छन् । कतिपयले त ‘बेस्टेस्ट जोडी’, ‘सिद्धनाज’ जस्ता ट्रोल बनाउँदै उनीहरुलाई शुभकामना दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार