शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • “समानताको पुस्ताः बलत्कार विरुद्ध ऐक्यबद्धता”

“समानताको पुस्ताः बलत्कार विरुद्ध ऐक्यबद्धता”

  • बुधबार, मंसिर ११, २०७६
“समानताको पुस्ताः बलत्कार विरुद्ध ऐक्यबद्धता”
प्रमिला थापा

  “समानताको पुस्ताः बलत्कार विरुद्ध ऐक्यबद्धता” भन्ने मुल नाराका साथ महिला हिसां विरुद्धका १६ दिने अभियान हरेक बर्ष जसो यस बर्ष पनि विभिन्न कार्यक्रका साथ सम्पन्न गर्न अभियान चलिरहेको छ। यसमा सरकार लगायत विभिन्न संघ संस्थाले करोडौ लगानी पनि गरिरहेको छ । यो कार्यक्रका चलिरहदाँ हाम्रो समाजमा हाम्रै दिदिबहिनी एक यस्तो हिँसा बाट ग्रसित छन जसको बारेमा न सरकार चिन्तित छ न त यो समाज । खालि बेइज्जतिको पगरी थमाएर समाजबाट बहिस्कृत बनाईएको छ।

    एक नारीले बाध्यताले अगाल्नु परेको पेशा पछाडिको कारण कसैले जान्न चाहेन । त्यो समाजले उसलाई सम्मानपुर्वक बाँच्न पाउने हक बाट बञ्चित गर्यो । त्यही पेशामा संलग्न पुरुष साधारण नागरिक सरह हिड्ने तर महिलाले चाहि बेश्यको नाम पाउनुपर्ने र समाजबाट बहिस्कृत हुनुपर्ने । के यो हिसां होईन ? के यो हिंसालाइ, पिडालाई महिला हिसां विरुद्धका१६ दिने अभियानले सम्बोधन गर्न सक्ला र पुरुष सरह जिउने वाताबरण सिर्जना गर्न सक्ला ? यस्तै पिडाका साथ एक बाध्यताले बेश्य पेशा अगालेकी महिला संग हजारौ सवाल छन, जुन समाजबाछ उनि बहिस्कृत बनेकी छन , त्यही समाजलाई आज भन्छिन :।

तिमि पुरुषले बनाएकी

हरेक पुरुषलाई आफ्नै पे्रमि देख्छु
हरेक रात सुहागरात मनाउछु
म तिम्रो समाजबाट नकारीएकी
धन पैसाले मात्रै सिगारिएकी
हो म वेश्य हु वेश्य
तिमि पुरुषले बनाएकी वेश्य

फेरि
तिमिले नै मलाई वेश्यको उपमा दिन्छौ
कसैकी सहयात्री हुनको अधिकार खोस्छौ
केवल एक रात माग्छौ
दिउसो त आफ्नै घरवार सजाउंछौ
हो त्यहि रात मात्रै कटाउने
म वेश्य हू वेश्य
तिमि पुरुषले बनाएकी वेश्य

हरेक नारी मलाई धिक्र्काछन् गालि गर्छन
तर तिनैका पुरुष मलाई पाउंन जालि गर्छन।
आफ्नी प्रिय त्यागेर आउछन
मेरो समिपको लागि भागेर आउछन्
हो म वेश्य हु वेश्य
तिमि पुरुषले बनाएकी वेश्य

तर
तिनै पुरुष समाजको अगाडि मलाई
वेश्य भन्छन
मैले जिवनसाथि नपाउनुको रहस्य छ भन्छन
र विर्सन्छन
मलाई वेश्य बनाउनमा तिनै पुरुषको हात छ
मेरो भविष्य केरकार पार्नमा तिनै पुरुषको मात छ ।

चर्चामा

सम्बन्धित समाचार