शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जगन्नाथ
  • अत्याधिक रक्तश्रापका कारण सुत्केरीको मृत्यु

अत्याधिक रक्तश्रापका कारण सुत्केरीको मृत्यु

  • मङ्लबार, मंसिर १०, २०७६
अत्याधिक रक्तश्रापका कारण सुत्केरीको मृत्यु
फाईल फोटाे

बाजुरा १० मंसिर
जगन्नाथ गाउपालिका ५ गोत्री सामुदायिक ईकाई केन्द्रमा सोमबार दिउसो सुत्केरीको मृत्यु भएको छ । मृत्यू हुनेमा जगन्नाथ गाउपालिका  ६ गाेत्रीकी ३५ वर्षियका पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले वताएका छन् ।
घरमै सुत्केरी भएकी रावलको साल अट्कीएपछि अत्याधिक रक्तश्रापका कारण बेहोस अबस्थामा सामुदायिक स्वास्थ्य ईकाई गोत्री पु¥याएको स्वास्थ्य ईकाईमा कार्यरत अमर बुढाले बताए । ईकाईमा पु¥याउदा बेहोस थिईन साल अट्कीएको र अत्यधिक रगत बगिरहेको थियो । साल निकालियो पछि रगत पनि रोकीयो घाम ताप्दै बिस्कुट र एक गिलास चिया समेत खाएको थियो एक्कासी मृत्यू भएको बताईएको छ ।
घरमै सुत्केरी भएको रहेछ सुत्केरीका आफन्तले बाटोमा ल्याउदा ल्याउदै सुत्केरी भएको भन्दै ढाटे छन् । साल अटकेको र बेहोस भएको कुरा जानकारी आएपछि हेलिकप्टरको लागी जिल्ला प्रशासन मार्फत प्रदेश सरकार तथा राष्ट्रपति उद्दार सहयोग कार्यक्रमलाई हेलिकप्टरा कुरा गर्न खोज्दा होसमा आएको र सुत्केरी अबस्था राम्रो भएको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारीलाई त्यही सुचना पठाएईयो डा बिश्वकर्माले बताए । तर एकाएक उनको मृत्यु भएको बिश्वकर्माले वताए ।
यसै आर्थिक बर्षको भदौ महिना यता दुई जना सुत्केरी जिल्ला अस्पताल बाजुरा एक जना त्रिबेणी नगरपालिकाको छतारा स्वास्थ्य चौकी र एक जना सामुदायिक स्वास्थ्य ईकाई गोत्री गरी चार जना सुत्केरीको मृत्यू भईसकेको छ । बाजुरा जिल्लाबाट यस अघि ५ जना सुत्केरीको हेलिकप्टर मार्फत राष्ट्रपति उद्दार सहयोग कार्यक्रम बाट उद्दार गरेर ज्यान बचाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार