शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • ट्राफिक नियम मानौं

ट्राफिक नियम मानौं

  • मङ्लबार, मंसिर १०, २०७६
ट्राफिक नियम मानौं

सवारी चलाउँदा चालक जी ट्राफिक नियम मान,
नजानि हुन्न सडक नियम अनिवार्य रूपले जान।
ट्राफिक नियम थाहा नहुँदा जानै सक्दछ ज्यान,
चालक सिटमा बसि सकेपछि सडकमै दिनु ध्यान।।

सवारी चलाइ बाटोमा हिंड्दा देखाउनु हुन्न शान,
यात्रुलाइ पनि सिकाउनु पर्छ सडक नियमको ज्ञान।
मध्यपान पनि नगर्नु कहिल्यै सवारी चलाउँदा खेरि,
एकै बारको जीवन हो यो फर्किन्न कहिल्यै फेरि।।

तिम्रा अघिपछि रहेका यात्रु तिम्रै नै भरोसा गर्छन्,
दुर्घटना भए तिमी मात्र होइन तिनीहरु सबै पर्छन्।
तिम्रा अनि तिनका परिवारजन आश्रित होलान् कति,
तिम्रो अज्ञानताको सानो भूलले आउला ठूलो दुर्गति।।

समयमै सचेत भयौं भने हामी हुनेछौं सुरक्षित,
रमाईलो गरी बसौंला अनि सुनेर प्रीतिको गीत ।
जीवन सबैको अमूल्य हुन्छ सदैव हेक्कामा राख,
मृत्युको पिडा नहोस् कसैलाई दिमागमा सधैं राख।।

स्याम पौडेलकाे फेशबुकबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार