शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अाशा कुमारी थापाकाे ( गजल) शुन्यतामै हरायौकी

अाशा कुमारी थापाकाे ( गजल) शुन्यतामै हरायौकी

  • आइतवार, मंसिर ८, २०७६
अाशा कुमारी थापाकाे ( गजल) शुन्यतामै हरायौकी

शुन्यतामै हरायौकी हजारमा तिमी छैनौं
नभन्नु है म यतै छु बजारमा तिमी छैनौ
खेताला म छदैछु अक्षरको खेती गर्ने
किन भन्छौ मलाई नै समाचारमा तिमी छैनौ
सँगालेर खुसिहरू जितेरनै बाचेकै छु
कता गयौ नभन भो अखबारमा तिमी छैनौ
सोचे जस्तो रोजे जस्तो साथी मेरो जिन्दगीको
पाय बरू भने हुन्छ जँघारमा तिमी छैनौ
डुङ्गा वारपार गर्ने तिमिनै हो जिन्दगीको
कस्ले भन्छ मेरो मन किनारमा तिमी छैनौ

अाशा कुमारी थापा
बु न पा २ बाजुरा

चर्चामा

सम्बन्धित समाचार