बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पानी र जवानी आउँदैन फर्केर…

पानी र जवानी आउँदैन फर्केर…

  • आइतवार, मंसिर ८, २०७६
पानी र जवानी आउँदैन फर्केर…

काठमाडौँ । दोहोरीको गीतको माध्यमबाट आफ्नो कला संस्कृतिको संरक्षण गर्नअघि सर्नुभएको छ गायिका दुर्गा गुरुङ । पुरानो भाकाबाटै दोहोरी गाउँदै आउनुभएका गायिका २५ वर्षदेखि लगातार गीत गाउँदै आउनुभएको छ ।
बुटवलमा डेढ दशकअघि २०५१ सालमा भएको दोहोरी प्रतियोगितामा प्रथम भएपछि सङ्गीत क्षेत्रमा सक्रिय हुनुभएका गुरुङले २०५३ सालमा रेडियो नेपालबाट स्वर परीक्षणमा उत्तीर्ण हुनुभएको थियो ।
उहाँ भन्नुहुन्छ, सानैदेखि नै दोहोरी गीत गाउन रुचि थियो । आमाको काखमा बसेर दोहोरी गाउने अलि अलि सम्झना छ । म पुरानो भाकामा गाउने भएको कारण म यसैमा रमाउँछु ।
‘‘आधुनिकतर्फ गाउन मन भएन’’, गुरुङले जानकारी दिनुभयो, ‘‘मैले दुई हजारभन्दा बढी गीत गाइसकेको छु भने १७ वटा एकल एल्बम सार्वजनिक भइसकेको छ ।’’
क्यासेट, सीडीको जमाना गइसकेको गुनासो व्यक्त गर्दै उहाँले युट्युबमा अहिले गीतहरू सार्वजनिक गरिरहेको बताउनुभयो । अहिले युवापुस्ताले पनि दोहोरी र लोक भाकाहरू मनपराएकोमा खुसी व्यक्त गर्दै गुरुङले ‘देउराली भञ्ज्याङ सालैजो तथा स्याउली पलाइन्छ…’ बोलको गीत ट्रेन्डिङमा परेको पनि जानकारी दिनुभयो ।
‘विचार गर, पानी र जवानी आउँदैन फर्केर…’ बोलको गीत बजारमा आउने तयारीमा व्यस्त रहनुभएका उहाँले नेपाली भाकालाई सदैव संरक्षण गर्ने बताउनभुयो । अहिले धेरै प्रतिस्पर्धा भएका कारण नयाँ आउने गायक गायिकालाई सिकेर आउनुपर्ने सुझाव दिँदै भन्नुहुन्छ, ‘‘सङ्गीतलाई नै नबुझेर यस क्षेत्रमा प्रवेश गर्नु राम्रो होइन, यसलाई बुझ्ने र माया गर्ने मात्र प्रवेश गर्न पनि आग्रह गर्छु ।’’
पोखरामा गाउँ सहर दोहोरी साँझ सञ्चालन गरिरहनुभएका गुरुङ तमु गुरुङ कलाकार सङ्घको अध्यक्ष, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको आजीवन सदस्य
पनि हुनुहुन्छ ।

चर्चामा

सम्बन्धित समाचार