आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सर्वाधिक खोजीमा प्रियंका

सर्वाधिक खोजीमा प्रियंका

  • शनिबार, मंसिर ७, २०७६
सर्वाधिक खोजीमा प्रियंका

अभिनेत्री प्रियंका चोपडा गुगलमा सबैभन्दा धेरै खोजिने बलिउड सेलिब्रिटी बनेकी छन्। हालै गरिएको एक सर्वेक्षणमा उनको नाम अग्रपंक्तिमा आएको हो। ‘सेमरुस’ ले २०१८ अक्टोबरदेखि २०१९ अक्टुबरको बीचमा यो सर्भे गरेको हो।

यो अवधिमा प्रियंकालाई २.७४ मिलियन पटक सर्च गरिएको थियो। यो सूचीमा प्रियंकाका साथमा दीपिका पादुकोण र सनी लियोनीको नाम पनि सामेल थियो। दीपिका दोस्रो तथा सनी तेस्रो नम्बरमा छन्। सलमान खानलाई १.८३ मिलियन पटक सर्च गरिएको थियो।

यसअघि अमेरिकाको प्रतिष्ठित टाइम पत्रिकाले प्रकाशित गरेको विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा प्रियंकाको नाम पनि थियो।

चर्चामा

सम्बन्धित समाचार