आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘हिजो आजका कुरा’ मा ५ अभिनेत्री

‘हिजो आजका कुरा’ मा ५ अभिनेत्री

  • शुक्रबार, मंसिर ६, २०७६
‘हिजो आजका कुरा’ मा ५ अभिनेत्री

काठमाडौं । हिरोइन महँगिए भनेर धेरै निर्माता निर्देशक थोरै पारिश्रमिकमा पनि काम गराउन सकिने भन्दै नवअभिनेत्री भित्र्याउन तिर लागि परेका छन् । तर पुराना कलाकार सन्तोष पन्तले भने आफ्नो फिल्म ‘हिजो आजका कुरा’ अहिले चलेका पाँच हिरोइन लिएका छन् ।गत कार्तिकको अन्तिम साताबाट छायाँकन सुरु भएको ‘हिजो आजका कुरा’मा केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की र अनुष्का अधिकारी गरेर पाँच अभिनेत्री नायिकको रुपमा भित्रिएका छन् । फिल्ममा अभिनेत्री केकीले हाँस्यप्रधान भूमिका निर्वाह गर्दैछिन् । फिल्ममा आफ्नो मुख्य भूमिका भएको र आफूलाई दिएको भूमिका मन परेकाले टिमसँग जोडिएको केकीले बताइन् ।

त्यस्तै अभिनेत्री रिमा विश्वकर्माले नेपाल आइडलको होस्ट छाडेको र राम्रो भूमिका भएका कारण फिल्ममा जोडिएको बताउँछिन् । जेविका र अनुष्काले पनि ‘हिजो आजको कुरा’ टिम मन परेर आफुहरु जोडिएको घोषणा कार्यक्रममा बताएका थिए । टिम र फिल्मको कथा राम्रो भएकोले फिल्म पनि राम्रो बन्ने बिश्वास उनीहरुले व्यक्त गरे ।

अभिनेत्री रिचा शर्माले कलाकार सन्तोष पन्त आफ्नो आइडियल भएको कारणल पनि फिल्ममा जोडिएको बताएकी थिइन् । केही साता अगाडि फिल्म घोषणा कार्यक्रममा टिमसँग जोडिन पाउदाको खुसीमा उनले आँसुनै खसालेकी थिइन् ।

अहिले काठमाडौको विभिन्न स्थानमा छायाँकन भइरहेको फिल्मका निर्देशक सन्तोषकै कान्छो छोरो साकार पन्त हुन् । काठमाडौं पछि चितवनको सौराहालगायतको स्थानमा छायांकन गरिने बताइएको फिल्ममा सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहेको छ ।

सन्तोस र रमाको जस्तै फिल्ममा रहेका पाँचै नायिकाको पनि महत्वपूर्ण भूमिका रहेको निर्देशक पन्तले बताए । फिल्मको प्रदर्शन मिति नयाँ वर्षका वैशाख १२ गते तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार