बिहिबार, चैत्र १५, २०८०

फिट भए नेयमार

  • बिहिबार, मंसिर ५, २०७६
फिट भए नेयमार

एजेन्सी । ब्राजिलियन सुपरस्टार नेयमारले आफु खेल्नका लागि पूर्ण रुपमा फिट भएको बताएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का महत्त्वपूर्ण खेलाडी नेयमारले अर्को साता हुने च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडविरुद्व मैदानमा उत्रने पनि बताए ।

पछिल्लो समय चोटका कारण मैदानमा भन्दा बाहिर बढी समय बिताएका नेयमारलाई पीएसजीले च्याम्पियन्स लिग नै जित्ने लक्ष्यका साथ बार्सिलोनाबाट क्लबमा लगेको थियो । तर घाइते नेयमारले पीएसजीको सपना पूरा गर्न सकिरहेका छैनन् ।

च्याम्पियन्स लिगमा रियलसँग खेल्नु अघि शुक्रबार नेइमारले लिग वानमा लिलेसँग खेल्ने विश्वास गरिएको छ । चोटका कारण नेइमारले ब्राजिललको अन्तर्राष्ट्रिय खेल पनि गुमाइ रहेका छन् ।

सन् २०१७ मा बार्सिलोनाबाट दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका नेयमारले चोटकै कारण आफूलाई अब्बल फुटबलरका रुपमा स्थापित गर्न संघर्ष गरिरहनु परेको छ ।

चर्चामा

सम्बन्धित समाचार