शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगन्नाथ
  • ९६ बर्षको उमेरमा गाँउमै नागरिकता

९६ बर्षको उमेरमा गाँउमै नागरिकता

  • मङ्लबार, मंसिर ३, २०७६
९६ बर्षको उमेरमा गाँउमै नागरिकता

जगन्नाथ गाँउपालिका ४ बस्ने कल्या बडुवालले ९६ बर्षको उमेरमा गाँउमै नागरिकता पाएकि छन् । बुढेशकालमा नागरिता पाँउदा उनि निकै खुशी भएकि छन् । गाँउ बाट सदरमुकाम मार्तडी पुग्ने दुई दिन लाग्ने र अर्को बोकेर लिन नसक्ने भएकाले अहिले सम्म नागरिकता बनाउन सकेकि थिईन ।
गाँउमै शिबिर सञ्चालन भएपछि ९६ बर्षको उमेरमा नागरिकता पाएको जगन्नाथ गाँउपालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् । पहिला नागरिकताको महत्व थाहा थिएन्, पछि घर बाट बोकेर लिने कोहि नभएपछि बल्ल अहिले नागरिकता पाएको कल्या बडुवालले बताएकि छन्, नागरिकता पाँउदा निकै खुशी भएको वताईन् । त्यस्तै ६५ बर्षियका जग्गी बडुवाल गाँउमै अहिले नागरिकता पाएकि छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुरा र जगन्नाथ गाँउपालिकाको समन्वयमा गाँउपालिकाको जुड्डीमा एकिकृत घुम्ती शिविर सञ्चालन भएपछि स्थानियले गाँउमै नागरिकता पाएका छन् । मंसिर १ देखि ३ गते सम्म सञ्चालन भएको घुम्ती शिविरमा स्वास्थ्य परिक्षण, नागरिकता वितरण, पञ्जिकरण गरिएको थियो । त्यस्तै अपाङ्गता जाँच, परिचय पत्र वितरण, भिडियो एक्सरे, कृर्षिको बिउ वितरण र भेटनरी सेवा उपलब्ध गराईएको गाँउपालिकाकी सुचना अधिकारी सिर्जना शाहिले वताएकि छन् । घुम्ती शिविर दुइ दिनका लागि तोकिए पनि सेवा ग्राहीको चापका कारण १ दिन थप गरेर ३ दिन संचालन गरिएको छ ।
घुम्ती शिविरमा ४ सय ६९ जनाले नागरिकता प्राप्त गरेका छन । १सय ९० जना पुरुष र २ सय ७९ महिलाले पाएका छन । जगन्नाथ गाँउपालिकाका मात्र नभई स्वामीकार्तिक खापर गाँउपालिकाका १ र २ का १ सय ९ जनालाई समेत नागरिकता वितरण गरेको लक्ष्मण जोशीले वताएका छन् । घर नजिकै सेवा प्राप्त गर्न पाँउदा स्थानिय वासीले खुसी व्यक्त गरेका छन । शिविर व्यवस्थापनको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरेले गरेका थिए ।
स्वास्थ्य शिविरको नेतृत्व डा.रुपचन्द्र विश्वर्कमा, धर्मा थापा र लाल बहादुर खड्का गर्नु भएको थियो । शिविरमा ५ सय ९८ जनाको स्वास्थ्य परिक्षण १ सय २१ जनाको भिडियो एक्सरे र ३२ जनाको ल्याव परिक्षण गरिएको थियो । बिरामीलाइ चेकजाँच सँगै उपचार पनि गरिएको थियो । १ सय ४ जना अपाङ्गहरुको स्वास्थ्य परिक्षण र निवेदनको आधारमा सरकारको मापदण्ड अनुसार ५३ जना व्यक्तिहरुलाई अपाङ्ग परिचय पत्र वितरण भएको थियो ।
समापन कार्यक्रममा गााँउपालिका अध्यक्ष काली बहादुर शाहीले शिविर व्यवस्थित र मर्यादित रुपमा संचालन भएको वताए । त्यस्तै शिविरमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला स्वास्थ्य कार्यालय बाजुरा,कृर्षि ज्ञान केन्द्र बाजुरा, रेडियो बुढीनन्दा, कार्यपालिका सदस्य, कर्मचारी र सम्पुर्ण सेवाग्राहीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार