बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • सन्दिपको टोली कर्नाटकाको विजयी सुरुवात

सन्दिपको टोली कर्नाटकाको विजयी सुरुवात

  • सोमवार, मंसिर २, २०७६
सन्दिपको टोली कर्नाटकाको विजयी सुरुवात

नेपालका लेग स्पिनर सन्दिप लामिछानेको टोली कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । आबु धाबीमा शनिबार राति भएको पहिलो खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई १९ रनले हरायो ।

शेख जायद स्टेडियममा कर्नाटकाले दिएको एक सय ११ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको बुल्स १० ओभरमा आठ विकेटको क्षतिमा ९१ रनमा समेटिएको थियो । बुल्सका लागि एन्जेलो म्याथ्युले सर्वाधिक ३१ रन बनाए । कप्तान इयान मोर्गनले २१ रन बनाए । बुल्सलाई सस्तैमा समेट्न नाथन रिमिङटनले तीन विकेट लिए । पाट ब्राउन र अहमेद राजाले दुई दुई विकेट लिए । नेपालका सन्दिपले दुई ओभर बलिङ गर्दै एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाए । सफिक उल्लाहले ३४ र जोनसन चाल्र्सले १३ रन बनाए । सन्दिप सुन्य रनमा अविजित रहे । बुल्सका रबी रामपालले दुई विकेट लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार