बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • भालुको आक्रमणबाट युवक घाइते

भालुको आक्रमणबाट युवक घाइते

  • शनिबार, कार्तिक ३०, २०७६
भालुको आक्रमणबाट युवक घाइते
फाइल फाेटाे

बाजुरा ३० कार्तिक — बाजुराको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा शनिबार विहान ७ः०० बजे जंगली जनावर भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।
घाइते हुनेमा त्रिबेणी नगरपालिका–९बाँगापाटाका ३३ वर्षीय दिर्घबहादुर थापा रहेको वडाअध्यक्ष बीरबहादुर विष्टले बताए ।
बिष्टले दिएको जानकारी अनुसार खोया लेकमा भैसीलाई घाँस काट्न जाने बेला बीच बाटोमा दोहोरो जम्काभेट भएपछि आक्रमण गरी थापालाई गम्भीर घाइते बनाएको बताए ।
घाइते थापाको स्थानीय गोठालाहरुले भालुलाई भगाएर उपचारका लागि स्थानीयहरु घटनास्थलमा गएको वडाअध्यक्ष बिष्टले बताउनुभयो । घाइते भएका थापा सुस्त मनस्थिती भएका व्यक्ती रहेका छन् । थापाको मुख र शरिरमा भालुले चिथोरेको स्थानीयले बताए ।
आक्रमणमा परी घाइते भएका थापाको गाउँमा उपचार सम्भव नभएपछि थप उपचारका लागि अछामको. बयालपाटा अस्पतालमा लैजाने तयारी थालिएको वडाअध्यक्ष विष्टले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार