बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पर्यटन
  • सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागी पौने ५ करोड विनियोजन, कहाँ कति ?

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागी पौने ५ करोड विनियोजन, कहाँ कति ?

  • बिहिबार, कार्तिक २८, २०७६
सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागी पौने ५ करोड विनियोजन, कहाँ कति ?

सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ। भ्रमण बर्षलाई सफल पार्न देश तथा विदेशमा प्रचारप्रसारका विभिन्न कार्यक्रम समेत संचालन भइरहेका छन्। गत आर्थिक बर्षमा नै सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य र एक सय वटा स्थापीत तर प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य छानिसकेको छ।

ती छानिएका एक सय पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षण गर्न संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट समेत विनियोजन गरिसकेको छ। गत बर्ष एक सय गन्तव्यमा सुदूरपश्चिमका १० वटा पर्यटकीय क्षेत्र परेकोमा प्रत्येकका लागि ५० लाखका दरले बजेट विनियोजन भएको थियो।

यस बर्ष पनि पर्यटकीय क्षेत्रको विकासका लागि १७ वटा स्थानीय तहलाई मन्त्रालयले बजेट पठाएको छ। बजेट विनियोजन गरेर कार्यक्रम कार्यान्वयन गर्नका लागि सम्बन्धित स्थानिय तहलाई मार्ग निर्देशनको खाका समेत पठाइसकेको मन्त्रालयका प्रवक्ता रुद्रसिँह तामाङले जानकारी दिए।

सुदूरपश्चिममा कहाँ कति बजेट ?
९ जिल्ला रहेको सुदूरपश्चिममा १७ वटा स्थानीय तहमा रहेका धार्मीक तथा पर्यटकिय क्षेत्रको भौतिक विकासको शिर्षकमा बजेट विनियोजन भएको हो। १७ स्थानीय तहका लागि ४ करोड ८० लाख बजेट विनियोजन गरेको छ।

मन्त्रालयले ती छनौट भएका १७ वटा स्थानीय तहमध्य सबैभन्दा बढी डडेल्धुराको अमरगढी नगरपालिकाका लागी ५० लाख छुट्याएको छ। यस्तै कञ्चनपुरमा रहेको महाकाली नगरपालिकाका,  कैलालीको टिकापुर नगरपालिकाकाका लागि ४०–४० बजेट विनियोजन भएको छ। बैतडीको पाटन नगपालिकाका लागी २५ लाख, बैतडीकै दशरथचन्द नगरपालिकाका लागी २५ लाख छुट्याइएको छ।

यस्तै बझाङको दुर्गाथली गाउँपालिकाका लागि २५ लाख बजे विनियोजन भएको छ। पर्यटन मन्त्रालयले बझाङकै सुर्मा गाँउपालिकाका लागि २५ लाख, डोटीको बोगटान फड्शिल गाँउपालिकामा २५ लाख, दीपायल सिलगढी नगरपालिकामा २५ लाख, कैलालीको बर्दगोरिया गाँउपालिकाका लागी २५ लाख, कैलालीकै घोडाघोडी नगरपालिकाका लागी २५ लाख बजेट विनियोजन गरेको छ।

यस्तै मन्त्रालयले बाजुराको बुढीनन्दा नगरपालिकाका लागी २५ लाख, कंचनपुरमा रहेको बेलौरी नगरपालिकाका लागी २५ लाख, कंचनपुरकै भीमदत्त नगरपालिकाका लागी २५ लाख, अछामको मंगलशेन नगरपालिकाका लागी २५ लाख, अछामको रामारोशन नगरपालिकाका लागी २५ लाख र दार्चुलाको मालिकाअर्जुन  नगरपालिकाका लागी २५ लाख छुट्याएको छ।

चर्चामा

सम्बन्धित समाचार