मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सिमा मिचियो सबै मौन किन ?

सिमा मिचियो सबै मौन किन ?

  • शनिबार, कार्तिक २३, २०७६
सिमा मिचियो सबै मौन किन ?

भनिन्छ एउटा ढुङ्गाले नदीको धार बदल्न सक्छ त्यस्तै सानो तिनो कुराले पनि कहिले काही ठुलो घटना घटाउन सक्छ । देशको  नक्सा नै बदलिदियो तर सबै चुप छन यहाँ । अन्तराष्ट्रिय स्तरमा देशको स्वाभिमान माथी नै समग्रमा आच आयो । तर यहाँ सबै चुपचाप छन किन ? सबैलाई सम्बोधन गर्न चाहन्छु सिंह दरबार अगाडी  र काठमाण्डौमा त घाटीका नशा फुट्ने गरी कराउथ्यौ  तर लिप्पुलेकमा गएर किन करायनौ आज ? अझै व्यक्तिगत रुपमा सम्बोधन गर्नुपर्दा भ्रष्टाचार बिरोधी ज्ञानेन्द्र शाही ज्यु तपाई जुम्लाबाट गएर काठमाण्डौमा त जन सागर उर्ल्याउनु हुन्छ सरकार र केही व्यक्तिहरुको बिरोध गर्दै भाषण छाट्छौ   देशको नक्सा नै बदलिदा तपाइ एक पटक सम्मलाई पनि दार्चुला किन पुग्नु भएन ? के तपाईलाई देशको सिमा मिचिएको कुरा थाहा भएन ? बिर गोर्खालीको सन्तान हु भन्थ्यौ पुर्खाको खुकुरी भए पुग्छ भन्थ्यौ तर सुरक्षाकर्मि त खुकुरी पनि हैन कटबासको भरमा सुसज्जित हातहतियार सँग लड्दैछन के यो कुरा पनि तपाईलाई थाहा भएन ?

अर्का म एक देशका चर्चित र जनसागर उर्ल्याउने व्यक्तिलाई पनि सम्बोधन गर्न चाहन्छु आफुलाई स्पष्ट पत्रकार भन्ने तपाई सिधा कुरा जनता सँग कार्यक्रमका संचालक रबि लामिछाने ज्यु, सामान्य तपाई माथी एक आरोप लाग्यो । प्रहरीले तपाईलाई अनुसन्धानको लागी नियन्त्रणमा लियो तपाईको लागी हजारौ जनता सडकमा उत्रिए । प्रहरीलाई स्वच्छ रुपमा अनुसन्धान गर्न दिनुपर्नेमा बुज्रुक जनताले प्रहरीमाथि नै ढुङ्गामुढा प्रहार गरेको कुरा त तपाईलाई थाहा नै होला स्वाभिमानि हो नेपाली भनि तपाईको सिधाकुरा जनता सँग कार्यक्रममा नै हजारौ पटक  मैले नै सुनेको थिए तर आज तपाई कहाँ हराउनु भएको ? के देशको सिमा मिचिएको कुरा तपाईलाई पनि थाहा छैन ? लाखौ जनताको जनसागरको समर्थन पाउनुहुन्छ तपाई अर्काको बिरोध गर्नको लागी,सक्छौ भने प्रतिकार गर भारतिय बिस्तारवादको, हैन भने घाटी सुक्ने गरी कराएको कुनै अर्थ छैन ।

अब म राजनितक दलका अग्रपंक्तिमा बसेका सबै व्यक्तित्वलाई सम्बोधन गर्न चाहन्छु । जब कुनै एक देशले अर्को देशको स्वाभिमान माथी  प्रश्नवाचक चिन्ह राख्छ भने त्यो देशले  सिधै प्रतिकार गरेको सबै देशमा देखिन्छ तर सोझै हाम्रो देशको स्वाभिमान माथी प्रहार हुदा सम्म पनि तपाई हरु कोहि पनि किन बोल्नु भएन ? के तपाईले आफुले चुनाब जित्ने बेलामा सोझा जनतालाई हामी भारतिय बिस्तारवाद बन्द गर्छौ हामी बिर गोर्खालीका सन्तान हौ हाम्रो स्वाभिमान माथि प्रश्नवाचक चिन्ह खडा गर्छ भने त्यसलाई खरानी नै बनाईदिन्छौ भनि घाटी सुक्ने गरी कराएको आज बिर्सनु भयो ? यदी तपाई हरु विर्सनु भएको छ भने म सम्झाउन चाहन्छु ।

अर्को प्रश्न नेपाली दाजुभाइ,दिदीबहिनीहरु समक्ष-तपाईहरुलाई पनि त थाहा छ होला देशको नक्सा नै बदलि दिएको छ आज भारतले,पटक-पटक नेपाल र नेपालीको स्वाभिमान माथि सोझै प्रहार गरेको छ यो कुरा सबैलाई थाहा नै होला । बिना काममा भाषण गर्नेहरुको पछाडी लागेर आफ्नो मुल्यवान समयलाई तपाईहरुले धेरै पटक बिताउनु भएको । हावादारी कुरा गर्नेहरुको कुराको विश्वास गरेर तपाईहरुले पनि आफ्नो काम,कर्तव्य नै भुल्नु भएको छ । सिमा तथा देश बचाउनु प्रहरी र सेनाको मात्रै कर्तव्य होईन त्यो कर्तव्य तपाईको पनि हो ।

जब आफ्नो स्वाभिमान तथा अस्मिता माथि कसैले आँच आउने कार्य गर्छ भने त्यसको प्रतिकार त सबैले गर्छ । आज नेपाली आमाको अस्तित्व,अस्मिता र ईज्जत माथि नै सोझै प्रहार भएको छ । त्यसकारण देश बचाउनु सबैको कर्तव्य र दायित्व हो । सिंह दरवारको अगाडी गर्जेर अधिकार खोज्नुको सट्टा सबैले लिप्पुलेक तर्फ गएर देशको सिमाना खोजे मात्रै देशको स्वाभिमान बच्ने छ । अब सबै उठौ सिमानाकामा घेरबार गरौ,प्रहरी र सेनालाई मात्रै कटबासको  भरमा नछोडौ  । देश बचाउनु तपाई हामी सबैको कर्तव्य हो,आफ्नो कर्तव्य सबैले पुरा गरौ ।

उमेश प्रसाद अवस्थी(आदर्श)  हाल-बाजुरा

चर्चामा

सम्बन्धित समाचार