बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • साताको सिनेमा : जीवन काँडा कि फूल र घामड शेरे

साताको सिनेमा : जीवन काँडा कि फूल र घामड शेरे

  • शुक्रबार, कार्तिक २२, २०७६
साताको सिनेमा : जीवन काँडा कि फूल र घामड शेरे

शुक्रबारबाट दुईवटा नेपाली फिल्म ‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’ प्रशर्दनमा आएका छन्। साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ विनोद विष्टले निर्माण तथा निर्देशन गरेका हुन्। यो फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन्। त्यस्तै झमकको बहिनीको भूमिकामा बालकलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ। प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन्।

यस्तै फिल्म ‘घामड शेरे’ मा रियल जोडी स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ। वास्तविक जीवनमा श्रीमान् श्रीमती भए पनि यो फिल्ममा भने उनीहरू साली र भिनाजुको भूमिकामा छन्। फिल्ममा निश्चलकी श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन्।

श्रीमतीको भूमिका अर्काले गर्दा श्रीमानकै सालीको भूमिकामा निर्वाह गर्दा रमाइलो महसुस भएको अनुभव स्वस्तिमाले सुनाइन्। फिल्ममा आफूहरूबीच कडा प्रतिस्पर्धा भएको अनुभव पनि स्वस्तिमाले सुनाइन्। ‘सेटमा जब क्यामेरा अन हुन्थ्यो, त्यसपछि निश्चल र मबीच पनि कसले आफ्नो भूमिका अझ राम्रो गर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो।’

यो फिल्म हेमराज बीसीले निर्देशन गरेका हुन्। घामड शेरेमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकन्द्र लेखक, सरोज अर्यालसहितका कलाकारको अभिनय छ। फिल्मका निर्माता सिमोस सुनुवार, हेमराज बीसी र नरेन्द्रविक्रम बुढाक्षत्री हुन्।
साभार अन्नपुर्ण पाेष्ट बाट

चर्चामा

सम्बन्धित समाचार