शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • समुन्द्रमुनिको रहस्यमय मन्दिर, जहाँ छन् शिव र बुद्धका मुर्ती

समुन्द्रमुनिको रहस्यमय मन्दिर, जहाँ छन् शिव र बुद्धका मुर्ती

  • बिहिबार, कार्तिक २१, २०७६
समुन्द्रमुनिको रहस्यमय मन्दिर, जहाँ छन् शिव र बुद्धका मुर्ती

पाेखरा २० कात्तिक- मानिसले घर्म र सांस्कृति अनिवार्य मान्छन् । यहाँ होटलदेखि लिएर रेष्टुरेन्ट, स्पा, एडभेन्चर एक्टिभिटिज लगायतको सुविधा छ।तर यो बाहेक अर्को रोचक दृश्यका कारण यहाँ दुनियाँभरीका पर्यटकहरुको ओइरो लाग्ने गर्छ, त्यो हो समुन्द्रमुनिको मन्दिर । हुन त बालीमा धेरै मन्दिरहरु छन् तर यो मन्दिर बिल्कुल फरक छ ।

बालीको पेमुतेरान तटको बीचमा समुन्द्रदेखि ९० फिट तल रहेको यो मन्दिर आज पनि कौतुहलताको केन्द्र बनेको छ ।इन्डोनेसियास्थित बालीको यो मन्दिर निकै पुरानो हो । हुन त यो मन्दिर भगवान शिवप्रति समर्पित छ तर यसमा विष्णुको मुर्ती पनि छ, जुन लगभग ५००० वर्ष पुरानो हो । मानिसहरु स्विमिङ्गमार्फत् उक्त मन्दिर अवलोकन गर्न जाने गर्छन् ।

समुन्द्रमुनिको यो मन्दिर हेर्दा खण्डहर जस्तो देखिन्छ । मानिसहरु यसलाई द्वारिका नगरी मान्छन् । किनकी द्वारिका नगरी समुन्द्र तटको किनारमा बसेकी थिइन् र केही समयपछि समुन्द्रमै विलिन भएकी थिइन् ।भगवान विष्णु र शिव बाहेक यहाँ अझै धेरै मुर्तिहरु छन्, जसले पुरानो समयमा हुने पूजापाठलाई दर्शाउँछ । हिन्दू देवी देवताको साथमा यहाँ भगवान बुद्धको पनि मुर्ती छ ।

पाकिस्तानमा अझै ११ सय हिन्दु मन्दिर बन्द=पाकिस्तानमा एउटा प्राचीन हिन्दू धार्मिक स्थल लामो समयपछि खुलेको चर्चाले भारतीय सञ्चारमाध्यममा उल्लेख्य स्थान पायो । शवाला तेजा सिंह मन्दिर नामक उक्त धार्मिक स्थल सियालकोटमा अवस्थित छ ।भारतमा प्रकाशित समाचारका अनुसार सोमवार पूजाका लागि सो मन्दिर ७२ वर्षपछि पुनः खोलिएको हो । तर पाकिस्तानी पत्रकारहरूका भनाइमा त्यो मन्दिर यसै वर्षको मे महिनामै खोलिएको थियो ।

दिवंगत लेखक तथा इतिहासकार राशिद नियाजले लेखेको किताब ‘हिस्ट्री अफ सियालकोट’ का अनुसार उक्त मन्दिर एक हजार वर्ष पुरानो हो । सन् १९९२ मा भारतको अयोध्यास्थित बाबरी मस्जिद ढालिएपछि उक्त मन्दिरमा आक्रमण भएको थियो । त्यसबाट मन्दिरमा आंशिक क्षति पुगेको थियो । पाकिस्तानमा हिन्दूहरू सबैभन्दा ठूलो अल्पसंख्यक समुदाय हो । आधिकारिक तथ्यांकअनुसार त्यहाँ झन्डै ७५ लाख हिन्दू छन् । भारत–पाकिस्तान विभाजनपछि पहिलो पटक उक्त मन्दिर पुनः खुलेको हो ।

भारत–पाकिस्तानको विभाजनका क्रममा र बाबरी मस्जिद ढालिएपछि पाकिस्तानका मन्दिर र हिन्दूका धार्मिक स्थलहरूमा ठूलो क्षति पु¥याइएको बताइन्छ । त्यसैले शवाला तेजा सिंह मन्दिर ७२ वर्षपछि खोलिनुलाई निकै महत्त्वपूर्ण मानिएको छ । सियालकोटस्थित पत्रककार ओमार एजाजले भारतीय सञ्चारमाध्यममा आएको समाचारभन्दा वास्तविकता फरक रहेको बताए । उक्त मन्दिर मे महिनामा खुला गरिएको हो । त्यहाँ पूजा पनि भइरहेको छ । उनले भने, ‘सियालकोटमा झन्डै १५० हिन्दू परिवार बस्छन् । उनीहरूको आग्रहमा मन्दिर खुला गरिएको हो ।’

उनका अनुसार यहाँका हिन्दू परिवारले मन्दिर खोल्न निवेदन दिएपछि तुरुन्तै खोलेर पूजापाठको व्यवस्था गरियो । मन्दिर खुलाउन जिल्ला प्रशासनका अधिकारीहरू आफैँ पुगेका थिए । मन्दिर खोलेर सरसफाइ गराइयो । अब मन्दिर पुनर्निर्माणको निम्ति कोष पनि घोषणा गरिएको बताइएको छ । उनले भने, ‘यो मन्दिर भारत–पाकिस्तान विभाजनका बेलादेखि बन्द थियो । पाकिस्तानी पत्रकारको रूपमा भनौँ भने हामी यहाँ हिन्दू समुदायको चाडपर्व र कार्यक्रमहरूको रिपोर्टिङ गर्छौं । मैले हिन्दूहरूलाई यथासम्भव सुरक्षा दिने प्रयास भएको पनि देखेको छु ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको दल तहरीक–ए–इन्साफका सांसद डा. रमेशकुमार वाँकवानीले पाकिस्तानमा कैयौँ मन्दिर र गुरुद्वारा अहिले पनि बन्द रहेको बताएका छन् । भारत–पाकिस्तान विभाजनपछि हिन्दू समुदायमा मानिस पाकिस्तान छाडेर भारत गएपछि मन्दिर र गुरुद्वाराको रेखदेख गर्ने कोही नभएको उनले बताए । उनले भने, ‘अहिलेसम्म ती मन्दिरमध्ये ३० वटा मात्र खोलिएका छन् । बाँकी ११ सय मन्दिर अझै पनि बन्द छन् ।

त्यस्तै १७ वटा गुरुद्वारा खुला गरिए पनि पाँच सयवटा अझै बन्द छन् ।’ उनका अनुसार एउटा निवेदनको भरमा एउटा मन्दिर ७२ वर्षपछि खोलिएको छ । त्यो राम्रो कुरा हो, तर अझै धेरै काम बाँकी छ । उनलेहिन्दू बोर्डको अध्यक्ष बनेपछ सबै मन्दिर र गुरुद्वारा खुल्न सक्छने बताए । बोर्डको अध्यक्ष हिन्दू नबने मन्दिर खुल्न निकै ढिलो हुन सक्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार