शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’का लागि बलिउड अभिनेता गोबिन्द नेपालमा

‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’का लागि बलिउड अभिनेता गोबिन्द नेपालमा

  • बुधबार, कार्तिक २०, २०७६
‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’का लागि बलिउड अभिनेता गोबिन्द नेपालमा

काठमाडौं । वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा भाग लिन बलिउड अभिनेता गोविन्दा श्रीमतीसहित नेपाल आएका छन्। कात्तिक २१ बाट सुरु हुने यस महोत्सवमा भाग लिन नेपाली कलाकारहरु पनि वीरगन्जतर्फ बुधबार जानेछन् । भारतमै बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंंह पनि अहिले नेपाल आएकी छिन्।
अभिनेता गोविन्दा पत्नी सुनिता आहुजाको महोत्सवमा विशेष भूमिका रहनेछ । यस्ता अन्तर्राष्ट्रिय ख्याति कमाइसकेका अभिनेताको सहभागीताले नेपालले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई थप मद्यत पुग्ने आयोजकले जनाएको छ ।
चलचित्र निर्माता संघले आयोजना गरेको यस कार्यक्रममा गोविन्दाले नेपाल आउन पाउदा निक्कै खुसी भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरी सुरु हुने महोत्सव २१ गतेदेखि ४ दिनसम्म चल्ने छ। नेपाली चलचित्र क्षेत्रमा आबद्ध निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहने महोत्सवमा गोविन्दाले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको निर्माता संघका अध्यक्ष तथा आयोजक आकाश अधिकारीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार