• होमपेज
  • ब्रेक्इङ न्युज
  • डोटी बस दुर्घटनाका नौ जना घाईतेलाई सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ लगियो

डोटी बस दुर्घटनाका नौ जना घाईतेलाई सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ लगियो

  • शनिबार, कार्तिक १६, २०७६
सेयर गर्नुहोस् :
डोटी बस दुर्घटनाका नौ जना घाईतेलाई सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ लगियो

डोटीमा आज बिहान भएको बसदुर्घटनाका नौ जना घाईतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरिक्षक मोहन धामीले डोटीमा उपचार सम्भव नभएका नौँ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ पठाईएको जानकारी दिए।

काठमाडौँ रेफर हुनेमा नेपाली सेनाका जवान उज्जवल देवकोटा सहित डोटीकी ३७ वर्षीया मैना तिरुवा, डोटी सलेनाकी ३० वर्षीया रेश्मा लुहार, आयुश विक, ठेगना नखुलेका ३८ वर्षीय मदन जेठारा, बिक्रम लुहार, ईश्वरी केसी र अछामका मुकेश कुँवर रहेको उनले  जानकारी दिए।

डोटीमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढि घाईते भएका थिए। नेपाल प्रहरी र नेपाली सेनाका आठ जना पनि घाईते भएका थिए। उनीहरुसँग चारजना कुरुवा पनि काठमाडौँ गएका छन्।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार