बुधबार, बैशाख १२, २०८१

लयमा आए मेसी

  • बुधबार, कार्तिक १३, २०७६
लयमा आए मेसी

म्याड्रिड — लियोनल मेसीले आफू फिट हुँदै लयमा आएको संकेत गरेपछि बार्सिलोनाले मंगलबार राति स्पेनी ला लिगामा रियल भालाडोलिडमाथि ५–१ को प्रभावशाली जित निकालेको छ ।

मेसीले एक गोल उत्कृष्ट फ्रि किकको मदतले गरे भने त्यस अगाडि अरटुरो भिडालको गोलमा उत्तिकै राम्रो पास पनि निकाले । खेल सकिन अगाडि मेसीले दोस्रो व्यक्तिगत गोल पनि थपे ।

लुइस स्वारेजले गरेको अन्तिम गोलमा पनि मेसीको योगदान रह्यो । मंगलबार रातिकै अर्को खेलमा एलाभेस र एटलेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोक्यो ।

चर्चामा

सम्बन्धित समाचार