मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • दक्षिण एशियाली ज्योतिष महासंघको उपाध्यक्षमा अम्विका शर्मा चयन

दक्षिण एशियाली ज्योतिष महासंघको उपाध्यक्षमा अम्विका शर्मा चयन

  • शनिबार, कार्तिक ९, २०७६
दक्षिण एशियाली ज्योतिष महासंघको उपाध्यक्षमा अम्विका शर्मा चयन

काठमाडौं– दक्षिण एशियाली ज्योतिष महासंघको उपाध्यक्षमा अम्विका शर्मा चयन भएकी छिन् । महासंघको सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा अम्विका शर्मालाई मनोनयन गरेको हो ।

महासंघको सल्लाहकारको जिम्मेवारीमा रहेकी शर्मा लामो समयदेखि सामाजिक र धार्मिक क्षेत्रमा क्रियाशील रहँदै आएकी छिन् ।

महासंघका कार्यवाहक महासचिव एवं राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण पन्थीका अनुसार महासंघका सदस्यहरुको जिम्मेवारी समेत फेरवदल गरिएको छ ।

शर्मा लगायतका पदाधिकारीहरु दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समितिबाट सिफारिस भए पश्चात मात्र मनोनयन गरिएको उनले बताए। रिक्त पदमा मनोनयन गरे पश्चात महासंघको ५१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ ।

चर्चामा

सम्बन्धित समाचार