शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • दश हजार नगद सहित पाँच जुवाडे पक्राउ

दश हजार नगद सहित पाँच जुवाडे पक्राउ

  • शुक्रबार, कार्तिक ८, २०७६
दश हजार नगद सहित पाँच जुवाडे पक्राउ

बाजुरा
बाजुराको त्रिवेणी नगरपालिका–४ तोलीबाट शुक्रबार विहान प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा दश हजार नगद सहित पाँच जना जुवाडे लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका–४का १९ वर्षीय दामन साउँद,२३ वर्षका प्रकाश साउँद र २८ वर्षका खडक साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यस्तै पक्राउ हुनेमा सोही नगरपालिका ४ का २५ वर्षका तेजेन्द्र साउँद र २१ वर्षका दिपक साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लोकेन्द्र सिंह गुरुले बताए ।
उहाँले दिएको जानकारी अनुसार आज विहान प्रहरी चौकी मौरेको टोलीले जुवातास खेल्दै गरेको गोप्य सूचना आधारमा छानोमाबाट पक्राउ गरेको बताए ।
पक्राउ परेका पाँच जनालई जिल्ला प्रहरी कार्यालय बाजुराका ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । जुवातास खेल्नु गैरकानुनी भएपछि समाजमा अझै जुवातास खेल्ने कार्य नरोकिएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार