बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बजार
  • किसानले समयमै गहुँको बिउ पाए

किसानले समयमै गहुँको बिउ पाए

  • शुक्रबार, कार्तिक ८, २०७६
किसानले समयमै गहुँको बिउ पाए
ढुवानी अनुदानमा गहुँकाे बिउ ढुवानी हुदै तस्वीर कृषि ज्ञान केन्द्र बाजुरा

बाजुरा ८ कार्तिक–  यस बर्ष बाजुरा जिल्लाका किसानले समयमै गहँुको बिउ पाउने भएका छन् । अघिल्लो बर्षहरुमा बिउ ढिलो पाउने गुनासो आएकोले यस बर्ष समयमै बिउ कृषकले पाउने गरि पठाई सकेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । कृषि ज्ञान केन्द्र बाजुराद्धारा अनुदानमा सबै स्थानिय तहमा किसानलाई ४० प्रतिशत अनुदान र निशुल्लक गरि दुई किसिमको गहुँको बिउ वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराले बताएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराले यस बर्ष प्रजनन् बिउ र उन्नत जातको गरि दुई किसिमको बिउँ कृषकहरुलाई उपलब्ध हुने गरी जिल्लाका सबै स्थानीय तहमा पठाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी तथा कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले बताएका छन् । प्रजनन् बिउ २६ कुइन्टल र उन्नत जातको गहुँको बिउ ४० कुईन्टल गरि जिल्लामा ६६ कुईन्टल बिउ अनुदानमा ल्याएको सुचना अधिकारी जैशीले बताएका छन् ।
दुई सहकारीको सहकार्यमा सिफारिस गरिएको उन्नत जातको सुधारिएको गहुँको बीउ किसानलाई अनुदान दिएको उहाँले बताउनुभयो । ६६ कुइन्टल बिउले ५५ हेक्टर जमिनका लागि पुग्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोबिन्द सिजापतीले बताए ।
बिउ लैजान चाहने किसानले स्थानीय तहका कृषि शाखाबाटै पाउने गरी एक हप्ता अगाडी नै पठाई सकिएको निमित्त प्रमुख सिजापतीले बताए । गतवर्ष असिनाले बीउ समेत नराखेर गहुँ लगायतको बालीमा क्षति पु¥याएपछि चिन्तित बनेका कृषकलाई कृषि ज्ञान केन्द्रले निःशुल्क बीउ दिएपछि आफूहरुलाई सहज भएको किशानहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार