आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • पर्यटन
  • नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा तीन अन्तर्राष्ट्रिय वायुसेवाले नेपालमा उडान थप्दै

नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा तीन अन्तर्राष्ट्रिय वायुसेवाले नेपालमा उडान थप्दै

  • बिहिबार, कार्तिक ७, २०७६
नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा तीन अन्तर्राष्ट्रिय वायुसेवाले नेपालमा उडान थप्दै

काठमाडौँ । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान गर्ने भएका छन् ।
भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएको नेपाल नागरिक उड्डयान प्राधिकरणले जनाएको छ । त्यस्तै कुवेतको जजिरा एयरवेजले समेत नेपालमा सिधा हवाई उडान सुरु गर्ने जनाएको छ ।

नेपालमा उडान अनुमति पाईसकेको स्पाइस जेट र जजिरा एयरवेजले मंसिर पहिलो हप्तादेखि नेपालमा उडान गर्ने नेपाल नागरिक उड्डयान प्राधिकरणले जनाएको छ । भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकारणले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार