बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गिफ्ट नेपालको अध्यक्षमा पुनः बल बहादुर रोकाया

गिफ्ट नेपालको अध्यक्षमा पुनः बल बहादुर रोकाया

  • बुधबार, कार्तिक ६, २०७६
गिफ्ट नेपालको अध्यक्षमा पुनः बल बहादुर रोकाया

गिफ्ट नेपालको अध्यक्षमा पुनः बल बहादुर रोकाया निर्विरोध निर्वाचित भएका छन् । गिफ्ट नेपालको ९ औं अधिबेशन तथा २३ औं बार्षिक साधारण सभाबाट रोकाया अध्यक्ष रहने गरी ९ सदस्यीय समिति चयन भएका छन् । जसमा जमुना सिंह उपाध्यक्ष,खडक रोकाया सचिव,गोरख बोहरा कोषाध्यक्ष,ज्ञान बहादुर रोकाया सहसचिव,काल्चे दमाई र धोवी कार्की सदस्य रहेका छन् । जसमा २ जना सदस्य समितिले मनोनित गर्ने भएको छ ।

२०४८ सालमा सामुदायिक विकास संस्थाको रुपमा गौमुल गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालय मानाकोटमा सुरुवात गरिएको संस्था २०५३ सालमा गिफ्ट बाजुरा हुदैं हाल गिफ्ट नेपाल सम्म पुगेको छ । सोमवारबाट सुरु भएको ९ औं अधिबेशन तथा २३ औं बार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । गिफ्ट नेपालले जिल्लाको समग्र विकास रुपान्तरण र सामाजिक सशक्तिकरणमा सकरात्मक भुमिका तथा ठुलो योगदान पुर्याउदैं आएको छ ।

चर्चामा

सम्बन्धित समाचार