बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • यी हुन् प्राइभेट जेट चढ्ने बलिउडका ६ अभिनेत्री

यी हुन् प्राइभेट जेट चढ्ने बलिउडका ६ अभिनेत्री

  • मङ्लबार, कार्तिक ५, २०७६
यी हुन् प्राइभेट जेट चढ्ने बलिउडका ६ अभिनेत्री

बलिउडका सफल अभिनेत्रीहरूको जीवन महत्वपूर्ण राजनीतिक व्यक्तित्वको भन्दा कम हुँदैन। बरू नेताहरूलाई भिडमा समस्या नहोला, अभिनेत्रीहरूलाई आफ्नो सुरक्षामा संवेदनशील हुनैपर्छ। निजी सुरक्षा गार्ड, वरिपरि घुम्ने सुरक्षाकर्मीदेखि सुरक्षित सवारीसाधनसम्म आवश्यक हुन्छ। उनीहरूको धनाढ्य जीवनको झल्को महँगा घर र सवारीसाधनले पनि दिन्छन्।

बलिउडका यस्तै धनाढ्य केही अभिनेत्री छन् जो अलि लामो दुरी आउजाउ गर्नुपरे निजी जहाज (प्राइभेट जेट) चढ्छन्। यो उनीहरूको सोख र सुरक्षा दुवै हुनसक्छ। उसो त धेरै धनी वा सफल कलाकारले पनि निजी जहाज चढेका छैनन्। तर केही अभिनेत्रीहरूका निम्ति यो कारजत्तिकै अभ्यस्त भइसकेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुख्य रूपमा आफ्नै जहाज चढेर हिँड्ने पाँच-छ जना अभिनेत्री छन्। हेर्नुहोस् को को हुन्ः

ऐश्वर्य रायः

पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्ष राय प्रायः आफ्नो यात्रामा आफ्नी छोरी आराध्यालाई पनि साथै लैजान्छिन्। उनी भारतमा मात्र नभएर विदेशमा पनि चिनिएकी अभिनेत्री हुन्। कान फिल्म फेस्टिभलमा उनी देखिइरहने कलाकार हुन्। यस्ता यात्रामा उनी निजी जहाजबाट यात्रा गर्छिन्।

private jets 5
माधुरी दीक्षितः 

नृत्य, अभिनय र सुन्दरताका कारण धेरै वर्षसम्म बलिउडमा धमाका मच्चाएकी माधुरी दीक्षितसँग पनि निजी जहाज छ। डाक्टरसँग बिहे गरेकी माधुरी अहिले पनि फिल्म र टेलिभिजन कार्यक्रमहरूमा सक्रिय छन्।

शिल्पा शेठ्ठीः

अभिनेत्री शिल्पा शेठ्ठी भारतकै धनीमध्येका व्यवसायी राज कुन्द्राकी श्रीमती पनि हुन्। शिल्पा अभिनयमा सक्रिय नरहे पनि टेलिभिजन कार्यक्रमहरूमा देखिइरहन्छिन्। उनी आफ्नो बिदा मनाउन र टाढा कतै जानुपरे निजी जहाज चढ्छिन्।

प्रियंका चोपडाः

बलिउड तथा हलिउडमा नाम कमाइसकेकी अभिनेत्री प्रियंका चोपडा हाल अमेरिका बस्छिन्। अमेरिकी गायक निक जोनाससँग बिहे गरेकी प्रियंका सफल र धनी अभिनेत्री मानिन्छिन्। उनी पनि आफ्ना यात्राहरूमा प्रायः निजी जहाज प्रयोग गर्छिन्।

private jets 2

सन्नी लियोनः

बलिउड फिल्ममा अभिनयको बलियो छाप पार्न नसके पनि ‘आइटम’ गीतहरूमा आकर्षक नृत्यले दर्शकको मन जितेकी सन्नी लियोनको पनि निजी विमान छ।

private jets 7

मल्लिका शेरावतः

अभिनयमा सफल नभए पनि राम्रै चर्चा कमाएकी मल्लिका शेरावतसँग पनि निजी जहाज भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

private jets 4

(भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा)

चर्चामा

सम्बन्धित समाचार