शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • त्रिवेणी सहकारीको १८ औं वार्षिक साधारण सूरु

त्रिवेणी सहकारीको १८ औं वार्षिक साधारण सूरु

  • सोमवार, अशोज २७, २०७६
त्रिवेणी सहकारीको १८ औं वार्षिक साधारण सूरु

बाजुरा २७ असोज– बाजुरा जिल्लाकै सबै भन्दा ठुलो त्रिबेणी बचत तथा रिण सहकारी संस्था लिमिटेडको १८ ओँ साधारण सभा सुरू भएको छ । उद्यमशिल बानी उद्योगमा लगानी भन्ने मुल नाराका साथ सदरमुकाम मार्तडीमा सुरू भएको छ ।
बाजुरा जिल्लाकै सबै भन्दा बढि सियर सदस्य र आर्थिक कारोबारमा जिल्लाकै नमुनाको रुपमा रहेको त्रिबेणी बचत तथा रिण सहकारी संस्था लिमिटेड अघिल्लो आर्थिक बर्षमा मात्र ११ करोड भन्दा बढि कारोबार भएको संस्थाको प्रतिबेदनमा उल्लेख गरिएको छ । जिल्ला सदरमुकाममै रहेको सहकारीले सदरमुकामको फोहोर ब्यबस्थापन संचार तथा बिद्युतसंग साझेदारी गर्दै आएको बताएको छ ।
गाउगाउमा सहकारि ,घरघरमा भकारि भन्ने मुल नारालाई आत्मसाथ गर्दै गरिब,असायहरुलाई सस्तो ब्याजदरमा ऋण बितरण गर्दै आएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

 सभाकाे एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले उद्धघाटन गरेका हुन् । वार्षिक साधारण सभामा सहकारी संस्थाका संचालक समितिका अध्यक्ष अशोक कुमार रावलले संस्थाले वर्षभरी गरेका गतिविधि, उपलब्धी र संस्थागत विकास बारे सेयर सदस्यहरुलाई जानकारी गराएका छन् । त्रिबेणी बचत तथा रिण सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक कुमार रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव जनक थापाले गरेको संस्थाका ब्यबस्थापक दयाराम पण्डितले बताए ।

चर्चामा

सम्बन्धित समाचार