शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • ४१ किलोमिटर सडकमा एक हजार पाँच सय भाडा

४१ किलोमिटर सडकमा एक हजार पाँच सय भाडा

  • सोमवार, अशोज २७, २०७६
४१ किलोमिटर सडकमा एक हजार पाँच  सय भाडा

बाजुरा २७ असोज : जिल्लाको सदरमुकाम मार्तडी कोल्टी सडकखण्डमा जीप ब्यवासायीहरुले मनोमानी भाडा लिने गरेको पाइएको छ । मार्तडी देखी कोल्टी सम्म ४१ किलोमिटर सडकमा एक हजार पाँच सय भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
मार्तडी कोल्टी चल्ने सवारी ब्यबासायीले यात्रुबाट जिल्ला प्रशासनले तोकिएका भन्दा बढी भाडा असुलेको बुढिनन्दा नगरपालिका १ का लक्ष्मण जोशीले बताए । जिल्ला प्रशासन कार्यालय बाजुराको २०७४ मा मार्तडी देखी कोल्टीसम्मको सात सय भाडादर कायम तोकीएको भए पनी जीप ब्यबासायीले दोब्बर भाडा लिने गरेको जोशीको भनाइ रहेको छ । घर जाने हतारो भएका बेला एक हजार दिन तयार भएपनी नमानेरै एक हजार पाचँ सय भाडा तिरेको जोशीले बताए । चाडपर्वको मौका छोपेर मापदण्ड विपरीत यात्रुबाट दोब्बर भाडा असुली गर्दा यस क्षेत्रमा आवात जावत गर्ने यात्रु मर्कामा परेका छन ।
मार्तडी देखी कोल्टी सम्म भाडा रु ७ सय कायम गरिए पनि यात्रुबाट दोब्बोर भाडा असुली गरेको स्वामिकार्तिक गाउँपालिका एक स्थानीयले बताए । दशैँ तिहारको बेला यात्रुको संख्या बढ्ने भएकाले यहाँको हुम्ला, मुगु, र बाजुरा जिल्लाको ४ स्थानीय तहका यात्रुबाट बढी भाडा लिने गरिएको नागरिक अगुवा महेश शाहीले बताए । केही दिनअघि मात्र दशैँ मनाउन घर जाने बेला आफैबाट १ हजार ५ सय भाडा असुली गरेको नागरिक अगुवा शाहीले बताए ।
४१ किलोमिट कच्ची सडक भएकै कारण जिल्ला प्रशासन कार्यालयले ब्यबासायीको मर्का बुझेरै भाडादर कायम गरिएको भए पनी ब्यबासायीले मनोमानी गर्दै आएका छन् । दिनहुँ ३० भन्दा बढी जीपहरु मार्तडी कोल्टी सडकखण्डमा ओहर दोहर गर्ने यो सडक खण्डमा सयौँ यात्रुहरू दिन प्रतिदिन ठगिँदै आएका छन् । बाटो खराव र हिलाम्मे भएको र गाडी बिग्रिने भएकोले बढि भाडा लिनुपरेको स्वामिकार्ति यातायात ब्यवासायी सघं बाजुराका काउन्टर इन्चार्ज हिक्मत रोकायाले बताए ।
पछिल्लो समय दशै तिहार मनाउन आएका जिल्ला बाहिरबाट आउने नयाँ यात्रु बढी ठगिने गरेका नागरिक अगुवा शाहीले बताए । यात्रु ठगिँदा समेत सम्बन्धित निकायले यसतर्फ कुनै ध्यान नदिएको नागरिक समाजको आरोप रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार