मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका सात विमानस्थल अझै बन्द

सुदूरपश्चिमका सात विमानस्थल अझै बन्द

  • शनिबार, अशोज २५, २०७६
सुदूरपश्चिमका सात विमानस्थल अझै बन्द

दूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि बन्द रहेका छन्। बन्द विमानस्थल सञ्चालनका लागि सरकारी स्तरबाट प्रयास नभएको हो। सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन ।

दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल, अछामको कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन्।

सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरेपनि हालसम्म उडान हुन सकेका छैनन्।
साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार