शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • नेपालगञ्ज उपमहानगर उपमेयर उमा मगर चर्चामा

नेपालगञ्ज उपमहानगर उपमेयर उमा मगर चर्चामा

चर्चा मात्र हैन विवादमै तानिएकी छन्

  • बुधबार, अशोज २२, २०७६
नेपालगञ्ज उपमहानगर उपमेयर उमा मगर चर्चामा

नेपालगञ्ज उपमहानगर उपमेयर उमा मगर चर्चामा आएकी छन् । चर्चा मात्र हैन विवादमै तानिएकी छन् ।
नेपाली कांग्रेसबाट जितेर उमेयर भएकी उनले दसैंको टीका लगाएर आफ्नो पिताजीलाई अस्वभाविक तरिकाले खुट्टा ढोक्न लगाएको फोटो लिइन् र उक्त फोटो सहर्ष आफ्नो फेसबुकमा राखिन् ।

अहिले फेसबुक प्रयोगकर्ताहरुले उक्त फोटोमा कमेन्ट र सेयर गरिरहेका छन् । कतिपयले अति भो, अचम्म भन्दै कमेन्ट गरिरहेका छन् ।
आफ्नो फोटो विवादमा आएपछि उनले उक्त फोटो भने एकाउन्टबाट हटाएकी छन् । अन्य फोटो जस्ताको तस्तै छन् ।
हुन त मगर समुदायमा दसैंमा टीका लगाएर छोरीचेलीलाई ठूलाले नै ढोक्ने चलन होला । अन्य आदिवासी जनजातिमा पनि छोरीचेलीलाई ढोक्ने चलन छ । तर उपमेयरको यस्तो शैलीलाई भने परम्परा भन्न मिल्दैन हर्कत भन्न सकिन्छ ।
आफ्नो परम्परा र चलनअनुसार ठूलाबडालाई ढोक्न लाउनु स्वभाविक हो ।

तर उपमेयर जस्तो गरिमामय पदमा बसेको व्यक्तिले आफ्नो पदीय हैसियत नै भुलेर सामाजिक उश्रृंखलता र विकृति विसंगति मञ्चाउने खालको काम गर्न सुहाउँदैन । नेतृत्व त अनुकरणीय हुनुपर्ने हो, तर यस्तो नेतृत्वको चालचलन र व्यवहारलाई कसरी अनुकरण गर्न सकिन्छ रु नेपालगञ्ज उपमहानगरका जनताले कस्ता व्यक्तिलाई जनप्रतिनिधि बनाएछन् ।

हामीले कस्ता व्यक्तिलाई आफ्नो प्रतिनिधि चुन्दैछौ भन्नेबारे बारम्बार सोंच्नुपर्ने भएको छ, सोचिरहनुपर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार