बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • वडाअध्यक्षले बितरण गरे विपन्न परिवारलाई खाद्यान्न

वडाअध्यक्षले बितरण गरे विपन्न परिवारलाई खाद्यान्न

  • शुक्रबार, अशोज १७, २०७६
वडाअध्यक्षले बितरण गरे विपन्न परिवारलाई खाद्यान्न

बाजुरा १७ असोज : बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्षले बिजयादशैको अवसरमा बिपन्न ३० परिवारलाइ खाद्यान्न बितरण गरेका छन् । विपन्न परिवारलाई खाद्यान्न सामग्री (चामल, दाल, नुन तेल र विस्कुट) लागयतका साम्रगी बितरण गरेको वडाअध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । घरमा खान लाउन अपुग र किन्न समेत पैशा नभएका अति बिपन्न परिवारका लागी केही राहत हुन्छ की भन्ने उदेश्यले
बिजया दशमीको सुखद उपलक्ष्यमा शब्दबाट मात्र होइन वडाका केही ३० जना विपन्न परिवारलाई खाद्यान्न सामग्री (चामल, दाल, नुन तेल र विस्कुट) दियर शुभकामना दिएको वडाअध्इक्ष पाध्यायले बताएका छन् । कामना यस कार्यमा सहयोग गर्ने काठमाण्डौका एक समाजसेवी दयाराम अग्रवालको अगुवाई र वडाअध्यक्षले आफुले चुनावका बेला गरिएको प्रतिबद्धता अनुसार आफ्नै लगानीमा सो कार्य गरिएको पाध्यायले बताए ।

राजनातिक दलका अगुवा वडा सदस्य, कार्यपालिका सदस्य, सयौं वडावासिको उपस्थितिमा शुभकामना आदान प्रदान संगै खाद्यन्न बितरण गरिएको वडाअध्यक्ष पाध्यायले बताएका छन । दशैलाई व्यवस्थापन गर्न समिति गठन मदिरा बन्द लगायतका निर्णय गरिएको अध्यक्ष पाध्यायले बताए । नेकपा जिल्ला कमिटि सदस्य नन्दराज पण्डित र नेपाली काग्रेशका नेता धनराज पण्डितले अध्यक्ष पाध्याय र काठमाण्डौमा बस्ने बाजुरालाई माया गर्ने समाजीक अगुवा दयाराम अग्रवाल धन्यवाद समेत दिएको वडा सदस्य धनलाल पाध्यायले बताए । वडाबासी सबैलाइ आमन्त्रण गरि सुभकामना आदनप्रदान गरिएको वडाले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार