शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ४
  • विषालू च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी

विषालू च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी

  • बिहिबार, अशोज १६, २०७६
विषालू च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी

रुपन्देहीमा विषालू च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन्।सम्मरीमाई गाउँपालिका वडा नम्बर–६, नगवलियाका यादव परिवारले बुधबार साँझ घर नजिकैको बाँसघारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका हुन्।

बिरामी पर्नेमा ७५ वर्षीया रोशनी यादव, ७३ वर्षीया रामपुजन यादव, ५० वर्षीया चन्द्रमती यादव, ४० वर्षीया गीता यादव र ईश्वरवति यादव, ३३ वर्षीया मञ्जु यादव, १८ वर्षीया सीमा यादव, १४ वर्षीया रोमा यादव र १० वर्षीया आशिष यादव छन्।

च्याउ खाएका उनीहरुलाई राति १० बजेतिर बान्ता हुने, पेट दुख्ने समस्या देखिएपछि अस्पताल ल्याइएको उनीहरुका आफन्त अयोध्या यादवले जानकारी दिए। बिरामीहरुको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको उनले बताए।

‘सोही बाँसघारीमा उम्रिएको च्याउ केही दिन पहिला खाँदा कुनै समस्या देखिएको थिएन। तर हिजो खाँदा समस्या देखियो।

भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले अस्पताल ल्याउँदा समस्या भए पनि अहिले बिरामीहरुको अवस्था सुधारोन्मुख रहेको बताए। ‘उहाँहरुमा सुरुमा पेट दुख्ने, बान्ता हुने समस्या थियो।

मर्चवार क्षेत्रमा पछिल्लो समय विषालु च्याउ खाएर बिरामी पर्ने क्रम बढ्दो छ। केही महिना पहिला पनि विषालु च्याउ खाँदा कोटहीमाई गाउँपालिकाका १६ जना बिरामी परेका थिए। चिकित्सकहरुले विषालु र खाने मिल्ने पहिचान गरेर मात्रै च्याउ खान आग्रह गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार