शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गृह सजावट
  • नवरात्रीको पाँचौ दिन आज, माता स्कन्दमाताको पूजआजा गरिँद

नवरात्रीको पाँचौ दिन आज, माता स्कन्दमाताको पूजआजा गरिँद

  • बिहिबार, अशोज १६, २०७६
नवरात्रीको पाँचौ दिन आज, माता स्कन्दमाताको पूजआजा गरिँद

काठमाडौं ,घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको दशैंको आज पाँचौ दिन । मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ ।

देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिँदै छ । राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, वीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजा गर्न भक्तजनहरुको घुँइचो लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार