• होमपेज
  • प्रदेश ७
  • अछाममा नेकपाकाको सपथ ग्रहण कार्यक्रमा झडप

अछाममा नेकपाकाको सपथ ग्रहण कार्यक्रमा झडप

  • सोमवार, अशोज १३, २०७६
अछाममा नेकपाकाको सपथ ग्रहण कार्यक्रमा झडप

अछाममा नेकपाको सपथ ग्रहण कार्यक्रममा झडप भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरकमिटिको सपथ ग्रहण कार्यक्रममा झडप भएको हो। नेपाल कम्युनिष्ट पार्टीले नगरका पुराना नेताहरुलाई कुनै तहमा नसमेटिएको भन्दै केही नेता–कार्यकर्ताले बिरोध गरेका हुन्। जिल्ला अध्यक्ष शेरबहादुर कुंवर र सचिव झपट साउँदका विरुध नाराबाजी समेत गरिएको छ। कार्यकर्ताले उनीहरु माथि कुर्सी प्रहार गरेको भिडियो बाहिरिएको छ।
तत्कालिन माओवादीका जिल्ला सचिवालय सदस्य शेरबहादुर बुढा, २०७० सालको संविधान सभा सदस्य जानकी रावल सहितलाई पार्टीले भूमिका नदिएको भन्दै झडप भएको हो। प्रहरीको सहयोगमा सपथ ग्रहण गरिएको नगर कमिटिले समान्य विवाद भएको बताएको छ। नगर अध्यक्ष नितेश रिमालले कार्यक्रममा असन्तुष्ट नेता कार्यकर्ताले विवाद गरेको बताए। कार्यक्रम बहिष्कार गरेकाहरुले सपथ पनि लिएका छैनन्। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तारामान स्वाँर, जिल्ला ईन्चार्ज शरदसिंह भण्डारी, प्रदेश सदस्य नन्द बहादुर कडायत लगाएतका नेताहरुको पनि सहभागिता रहेको थियो।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार