• होमपेज
  • बडिमालिका
  • दशै अगाडी मार्तडी कोल्टी सडक संचालनमा आउने

दशै अगाडी मार्तडी कोल्टी सडक संचालनमा आउने

  • आइतवार, अशोज १२, २०७६
दशै अगाडी मार्तडी कोल्टी सडक संचालनमा आउने

बाजुरा १२ असोज : जिल्लाको मुख्य सडक मार्तडी देखी काल्टी सडक दशै अगाडी संचालनमा आउने भएको छ । मार्तडी जिरो पोइन्ट देखी अनाई खोलासम्म बडिमालिका नगरपालिका र अनाई खोलादेखी कोल्टी सम्म पुर्बाधार कार्यालयले जिम्मा लिने बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज भट्टराईले बताए ।
मार्तडी देखी कोल्टी सडकखण्ड ४१ किलोमिटर रहेको छ । बर्षातको समयमा पानीका कारण जेठको अन्तीम सातादेखी अबरुद्ध भएको छ । कहिलेकाही ब्यबासायीले ब्यक्तीगत लगानीमा बाटो बनाएर यातायतका साधान ओहरदोहर गरेको भए पनी साउनदेखी पुर्ण रुपमा सडक अवरुद्ध बनेको जीप ब्यबासायीले बताएका छन ।
सडक अबरुद्ध हुदा कोल्टी क्षेत्रमा दैनिक उपभोग्य सामानको हाहाकार हुनुका साथै महगीकोको मारमा पर्ने गरेको स्थानीय अनिल शाहीले बताएका छन् । पुर्बाधार कार्यालय अछामका कार्यलय प्रमुख जंग बहादुर थापाका अनुसार तत्कालै काम सुरु गरिने बताएका छन् । एक दुइ दिनमे काम सुरू गरिने बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

चर्चामा

सम्बन्धित समाचार