शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • युवा उद्यमी सम्मेलन सम्पन्न

युवा उद्यमी सम्मेलन सम्पन्न

  • बिहिबार, अशोज ९, २०७६
युवा उद्यमी सम्मेलन सम्पन्न

बाजुरा ९ असोज
जिल्लाको सदरमुकाम मार्तडीमा पहिलो पटक युवा उद्यमी सम्मेलनको आयोजना गरिएको छ । ८ गतेबाट सूरु भएको सम्मेलन आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो । स्थानीय उत्पादन प्रयोगमा तत्परता, सम्वृद्धिका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलनको आयोजना गरिएको हो ।
जिल्लाका ३ नगरपालिकाका युवा उद्धमीहरुलाइ पहिलो दिन यिनको बिचार आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो भने आज उद्धमी मेला संचालन गरिएको बडिमालिका नगरपालिकाका कर्मचारी बिर बहादुर बिष्टले बताएका छन् । मालिका माध्यामिक बिद्यालयमा संचालन भएको कार्यक्रममा ३० ओटा स्टल राखिएको बिष्टले बताएका छन् । ३० ओटै स्टलमा जिल्लाका बडिमालिका नगरपालिका, त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकाका युवा उद्धमीहरुका आफ्नै उत्पादन र घरेलु सामानहरु राखिएको पिसवीन बाजुरा बुलगारी परियोजना संयोजक धर्म रोकायाले बताएका छन् । उद्धमीहरुको कलाले जिल्लाका अन्य युवाहरुलाइ सिकाइ हुने र अन्य युवाहरु पनी उद्धमी बन्नमा सघाउ पुग्ने उद्धेस्यले सो कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।
बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा÷बुलगारी परियोजना, युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे«निङ एण्ड स्किल डेप्लपमेन्ट इन्ष्टिच्युटको आर्थिक सहयोगमा उक्त सम्मेलन मार्तडीमा संचालन गरिएको नगरपालिकाले बताएको छ ।
युवाहरुलाई बाजुरामै केही सीपहरु सिकेर आयआर्जन गरी आत्मनिर्भर बन्न सजिलो होस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरीएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन् ।
सम्मेलन कार्यक्रमको एक कार्यक्रमका विच राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्धघाटन गरेका हुन । उद्घाटन कार्यक्रम बोल्दै पाण्डेले देशको विकास निर्माणमा उद्यमी युवाहरुको जोश जाँगर अति आवश्यक रहेको बताएका छन् । उहाँले युवाहरुले नै देशलाई परिवर्तन गर्न सक्ने भएकाले सरकारले युवाहरुलाई उचित किसिमको रोजगार मुलक कार्यक्रमहरु ल्याएर युवाहरुमा लगानी गर्न आवश्यक रहेको बताए ।
युवा सम्मेलनमा तिन ओटा नगरपालिका बडीमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकाका युवा उद्यमीहरुको सहभागीता रहेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा वृहत साँस्कृतिक कार्यक्रम समेत संचालन गरेर युवा उद्यमी सम्मेलनको समापन गरिएको आयोजक बडीमािलका नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बिभिन्न युवा उद्धमीहरु संचारगृह लगायत २ दर्जन बढि उद्धमीहरुलाई प्रसंसा पत्रले सम्मान समेत गरेको छ । बडिमालिका मिडिया हाउसका संचालक प्रकाश सिहं, रेडियो बाजुरा रेडियो पौरखी रेडियो बुढिनन्दा नागरिक रैवार अनलाइन लगायत मिडिया हाउसका संचालकहरुलाई समेत सम्मान गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार