शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको स्याउ धनगढीमा एक दिनमै तीन हजार किलो बिक्री

बाजुराको स्याउ धनगढीमा एक दिनमै तीन हजार किलो बिक्री

  • बिहिबार, अशोज ९, २०७६
बाजुराको स्याउ धनगढीमा एक दिनमै तीन हजार किलो बिक्री

बाजुराको स्याउ सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक दिनको अवधीमै तीन हजार किलोग्राम अर्थात ३० क्विन्टल विक्रि भएको छ। बाजुरामा उत्पादन भएको स्याउ विक्रीका लागि बुधवार धनगढी पुगाईएकोमा बिहिबार मध्यान्न सम्म ३० क्विन्टल विक्री भईसकेको हो।

‘बिक्रीका लागि ६० क्विन्टल ल्याएकोमा अहिले सम्म आधा बिक्री भईसकेको छ,’ कार्तिकस्वामी बहु–उद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मेघबहादुर शाहीले भने, ‘अहिले पनि स्याउ किन्नेको भिडभाड छ।’ उनले धनगढीवासीले बाजुरमा उत्पादन भएको स्याउ रुचाँएको बताउँदै बिक्रीका लागि थप स्याउ ल्याउन पहल भईरहेको बताए।

बजारीकरणको समस्याका कारण बारीमै खेर जान थालेपछि स्याउ विक्रीका लागि धनगढी पुगाईएको थियो। पहिलो चरणमा ६० क्विन्टल स्याउ धनगढी ल्याएर बिक्री सुरु गरिएको हो। जसले एक पटक खायो, उसले स्वाद थापायो भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ धनगढी पुगाउन सात दिन लागेको थियो।

जिल्लाको स्वामीकार्तिक गाउपालिकाको जुकोट देखि तिलिचौर सम्म पुगाउन मात्र ४ दिन लागेको थियो भने तिलिचौर देखि हुम्ला–हिल्ला सडक हुदै कालिकोटको जितेगडा सम्म पुग्न थप एक दिन लागेको थियो। त्यहाँबाट सुर्खेत, नेपालगञ्ज हुदै धनगढी पुग्न पनि दुई दिन लागेको थियो।

किसानहरुबाट ए ग्रेडका स्याउ प्रतिकिलो २५, वि ग्रेडका स्याउ प्रति किलो २० र सि ग्रेडका स्याउ प्रति किलो १५ मा खरिद गरि सहकारी मार्फत धनगढी पुगाईएको हो। बाजुरमा मात्र दुई सय ३० हेक्टर क्षेत्रफलमा एक हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन हँुदै आएको छ।

विगतका वर्षहरुमा स्याउले बजार नपाउने गरेको भएपनि यस वर्ष भने बाजुरामा उत्पादन भएको एक सय ८० क्विन्टल स्याउले बजार पाएको हो। कृषि ज्ञान केन्द्र बाजुराको १५ लाख बजेटमा ६० क्विन्टल धनगढी र एक सय २० क्विन्टल काठमाडौं लगायतका अन्य सहरहरुमा बिक्री गर्न लगिएको छ।

जिल्लामा संञ्चालित चार सहकारी संस्थाले स्याउ ढुवानी गरेका हुन। कार्तिकस्वामी बहु–उद्देश्यीय सहकारी संस्थाले स्याउ धनगढी पुगाएको छ भने सामुदायी विउ बैंक तथा खाद्या उपभोक्ता सहकारी संस्था र रारा निर्माण कम्पनीले काठमाडौं लगायतका सहरहरुमा स्याउ पुगाउने जिम्मेवारी लिएका थिए भने ढम्कने कृषि सहकारी संस्थाले जिल्ला सदरमुकाम मार्तडी पुगाउने जिम्मा लिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले बताए।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार