शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • डिएसपी उद्धब भाट र काँग्रेस नेता, कार्यक्रता बिच दोहोरी

डिएसपी उद्धब भाट र काँग्रेस नेता, कार्यक्रता बिच दोहोरी

  • बुधबार, अशोज ८, २०७६
डिएसपी उद्धब भाट र काँग्रेस नेता, कार्यक्रता बिच दोहोरी

पछिल्लो समयमा बाजुरामा जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी उद्धब सिं भाट र नेपालि काँग्रेस कार्यक्रर्ता बिच निकै चर्काचर्की भएको देख्न र सुन्न पाइन्छ । नेपाली काँग्रेसले सामाजिक सञ्जाल मात्र नभई सार्वजनिक मञ्च बाट नै खुलेर बिरोध गरीरहेको पाईएको छ ।
काँग्रेसले चलाएको दोस्रो चरणको जनजागरण अभियानमा पनि सत्तापत्त सँगै डिएसपी भाट र प्रहरीको गतिबिधि बारे काँग्रेस केही नेता खनिए । सामाजिक सञ्जालमा नेपाली काँग्रेसका नेता कार्यक्रता देखी जनप्रतिनिधि र डिएसपी बिचमा दोहोरी चलेको छ । नेपाली काँग्रेसले डिएसपी भाटलाई नेकपाको प्रचार गरीरहेको आफुहरुलाई असहयोग गरिरहेको भनिरहेका छन् । जे नेकपाले भन्यो त्यहि गरिरहेका आरोप लागएको छ ।

अर्को बिप्लव भनेर समात्ने नेकपा बनाएर बाहिर निकाल्ने जस्ता आरोप समेत काँग्रेसले सार्वजनिक रुपमा लगाएको छ । केही दिन पहिला मात्र नेविसंघ बाजुराका जिल्ला उपाअध्यक्ष बडिमालिका क्याम्पसका स्वीयु सभापति दिल बहादुर थापाले फेसबुक मार्फत बिप्लवको आरोपमा दान बहादुर खड्का प्रहरीले समात्नु नेकपामा प्रबेश सँग रिहाई हुनु कारण के भनेर लेखे । उक्क्त स्टाटसमा नेपाली काँग्रेसका नेता तथा कार्यक्रता र डिएसपी भाट बिच निकै दोहोरी चलेको छ ।
बडिमालिका नगरपालिका प्रमुख पदम बढुवालले पनि घुमाउरो पारामा हिजो जनताको सेवा आज पार्टि प्रबेश गराउनमा तल्लिन छ सुरक्षा निकाय, पाटिको सदस्या लिएपछि मुद्धा लाग्दैन भनेर कमेन्ट गरेका छन् । उक्क्त कमेन्टमा डिएसपी भाटले सदस्यता कहिले लियो, जिम्मेवारी पाएकोले सडकछाप आवारा पाराको कमेन्ट गर्न सहुाँउदैन भनेर प्रतिक्रिया लेखेका छन् ।

त्यस्तै बिद्यार्थी नेता सुरेन्द्र सिंहले पनि घुमाउरो पारामा भाट प्रति लक्षित गरेर कमेन्ट गरको छन् । प्रेश युनियनका केन्द्रिय सदस्य दयाराम पण्डित, तरुण दलका नेता हिरेन्द्र रोकायाले नेपाल प्रहरी हैन, नेकपा प्रहरी भनेर संज्ञा दिएका छन् । डिएसपी भाटले त्यसमा प्रतिक्रिया जनाएका छन् । नेविसंघका निर्वतमान केन्द्रिय सदस्य बिरेन्द्र गिरीले नेकपाको पाटि बिस्तारका लागि उद्धब सिं भाट ल्याएको आरोप लगाएका छन् ।
यसरी डिएसपी भाट र काँग्रेस नेता तथा कार्यक्रताको सामाजिक सञ्जालको दोहोरीले केही न केही भइरहेको बुझाउँछ । अझ भन्नु पर्दा नेविसंघका निर्वतमान केन्द्रिय सदस्य बिरेन्द्र गिरीले डिएसपी भाटलाइ सम्बोधन गरेर प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई समेत भाटका गतिबिधि बारे जानकारी गराएको फेसबुकमा स्टाटस लेखे । त्यसको केही समय लगतै बिरेन्द्र गिरीको बारेमा डिएसपी भाटले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिए । तर ति दुबै स्टाटस एकाएक केही समय पछि हटाइएका छन् ।
पछिल्लो समयमा यसरी सामाजिक सञ्जालमा सुरक्षा निकाय, जनप्रतिनिधि र पाटि सँगको दोहोरीले विवाद उत्पन्न भएको देखाउँछ । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले भने यस्तो नहुनु पर्ने हो, के रहेछ, बुझेर बताउने वताएका छन् । यस्ता गतिबिधिले शान्ति सुरक्षा लगायत अन्य सवालमा असर पर्ने वताए ।

चर्चामा

सम्बन्धित समाचार