शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाली काँग्रेसको दोस्रो जागरण अभियान सम्पन्न

नेपाली काँग्रेसको दोस्रो जागरण अभियान सम्पन्न

  • मङ्लबार, अशोज ७, २०७६
नेपाली काँग्रेसको दोस्रो जागरण अभियान सम्पन्न

गत भदौ २४ गतेबाट संचालन भएको नेपाली काँग्रेसको दोस्रो जागरण अभियान सम्पन्न भएको छ । विपीजयन्तीको अवसरमा १ सय ६ विरुवा रोपेर उद्घाटन भएको देशव्यापी दोस्रो जनजागरण कार्यक्रम आज बाजुरा जिल्ला सदरमुकाम मातृडीमा बृहत कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।
अहिलेको सरकारले गरेका जनविरोधि क्रियाकलापको घोर विरोध गरी जनतालाई न्यान दिलाउने उद्देश्यका साथ देशव्यापी रुaपमो दोस्रो जागरण अभियान संचालन भएको पार्टी सचिव रनसिंह अयडीले वताए । नेपाली काँग्रेसले जनतासंग सुमधुर सम्बन्ध कायम गर्न र स्थानिय सरकार जनतासंको समन्वय के कस्तो छ र दुई तिहाईको अधिनायकवादी सरकारले गरेका क्रियाकलापहरको भण्डाफोर गर्ने उद्देश्यका साथ दोस्रो जागरण अभियान संचालन गरिएको उनले वताए ।
पार्टीको राष्टियता, लोकतन्त्र, समाजवाद, विधि तथा विचारलाई लिएर अगाडी बढेको काँग्रेसले सरकारले गरेका नराम्रा कामलाई पनि शिरोपण नगरी देश र जनतालाई हानी पुर्याउने कामको विरोधका लागि जनतालाई जगाउनका लागि पनि दोस्रो जागरण अभियान संचालन गरिएको नेपाली काँग्रेसले बताएको छ ।
दोस्रो जनागरण अभियानको अवसरपारी बाजुरा जिल्लाका विभिन्न स्थानमा आम सभा कार्यक्रमको आयोजना गरी आज अन्तीम दिन जिल्ला सदरमुकाम मार्तडीमा बृहत आमसभाको आयोजना गरिएको बताइएको छ । नेपाली काँग्रेस बाजुराका पार्टी सभापती कविराज पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रममा राष्टिय सभाका सदस्य बद्रीप्रसाद पाण्डे प्रमुख अतिथि रहनु भएको थियो भने बिशिष्ट अतिथिमा पुर्व सांसद देवराज जोशी, जागरण प्रतिनिधि बल बहादुर कँुवर, त्रिवेणी नगरपािलकाका प्रमुख रामसींह रावल रहेका थिए । त्यस्तै अतिथिमा नेपाली काँगे्रसबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरु, जिल्ला कार्य समितिका सम्पुर्ण पदाधिकारीहरु, नेपाल महिला संध, तरुण दल, नेविसंघ, नेपाल दलित संघ, प्रेसयुनीयन, निजामती कर्मचारी संघ, शिक्षक संघ, लगायत नेपाली काँग्रेसका सम्पुार्ण भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
संगठन विभाग प्मुख धनराज पण्डितले स्वागत मन्तव्य राख्नुभएको जागरण समापन कार्यक्रममा नेविसंघका नेता दिल बहादुर थापा, तरुण दलकाअध्यक्ष कुम्भनाथ योगी, महिलासंघ अध्यक्ष अमृता सिंह, दलित संघका अध्यक्ष भिम नेपाली, सल्लाहाकार संयोजक रंगबहादुर खाती, त्रिवेणी नगरपलिकाका उपप्रमुख राधिका सुनार, खप्तड छेडेदह गाँउपकिाका अध्यक्ष नरबहादुर रावत, वडिमालिका नगरपािलकाका प्रमुख पदम बडुवाल, नेपाली काँग्रेस निर्वाचन समितिका केन्द्रिय प्रतिनिधि हर्क खडायत, कोषाअध्यक्ष नारायण पाध्याय, बुढीगंगा नगरपालिकाका नगरप्रमुख दिपकविक्रम शाह, त्रिवेणी नगरपलिकाका प्रमुख रामसिंह रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यस्तै जागरण समापन कार्यक्रमको अवसरपारी नेकपा परित्याग गरि २ परिवार नेपाली काँगे्रसमा प्रवेश भने जागरण अभियान समापनको कार्यक्रमको संचालन पार्टी सचिव रनसिंह अयडीले गर्नुभएको थियो । अब नेपाली काँग्रेसको तेस्रो जागरण अभियान पुष १६ गतेबाट संचालन गरिने नेपाली काँग्रेसले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार