बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडी –कोल्टी अबरोध सड्क खुलाउन पहल भएन

मार्तडी –कोल्टी अबरोध सड्क खुलाउन पहल भएन

दैनिक उपभोग्य समान चरम अभाब

  • सोमवार, अशोज ६, २०७६
मार्तडी –कोल्टी अबरोध सड्क खुलाउन पहल भएन

प्रकाश सिंह
मार्तडी –कोल्टी सड्क खण्ड तिन महिना देखि अबरोध रहेको छ । पानि कम भएको भएपनि उक्क्त सड्क खण्ड कतै बाट खोल्न पहल हुन सकेको छ्रैन् । सडक सञ्चालनमा स्थानिय सरकार, प्रदेश सरकार बेखबर बनेको छ । सड्क अबरोध हुँदा बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगुको खत्याड भेगमा दैनिक उपभोग्य सामानको चरम अभाब भएको छ । पाईएको सामान पनि निकै मुल्य आकाशिएको छ ।
बर्षातको समयमा सधैका बर्ष मार्तडी कोल्टि सडक खण्ड अबरोध हुदै आएको छ । हिउँदको समयमा टयाक्टर र जिव सञ्चालनमा आउदै थिए । बर्षाद लागेपछि पुर्ण रुपमा बन्द हुँदा उत्तरी क्षेत्रका ठुलो बजार कोल्टि दैनिक उपभोग्य सामानको चरम अभाब रहेको स्थानिय ब्यापारि मन बिकले वताएका छन् । पाईएको सामान पनि चर्को मुल्य पर्ने गरेको वताए । दैनिक उपभोग्य सामान पनि पहिलाको भन्दा ५० प्रतिशत मुल्य बढेको मल्लले वताए । मार्तडी देखी कोल्टि सम्म टयाक्टरमा प्रतिकेजी ५ रुपैयाका दरले सामान ढुवानी हुने गरेको थियो, अहिले भरीया र खच्चरमा प्रति केजी ३० रुपैयामा ढुवानी हुने गरेको स्थानिय ब्यापारिले वताएका छन् । दुर्गमका बजारमा भने सामान ढुवानीमा झनै समस्या रहेको छ ।


तिन महिना देखि मार्तडी –कोल्टी सड्क अबरोध बिरामीलाई उपचार गर्नमा निकै समस्या भएको छ । सदरमुकाम मार्तडी सम्म चार पाँच दिन लगाएर बोकेर बिरामी ल्याउने गरेका छन् । अर्को कोल्टिमा चिकित्सक नहुँदा समेत निकै समस्या भएको छ । सरकारले ढुवानी अनुदानमा स्याउ ढुवानी गर्न लागेको भएपनि सडक सञ्चालनमा नआउदा निकै समस्या भएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख गोबिन्द्र सिजापतिले वताएका छन् ।


२०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी–कोल्टि सड्क निर्माण भएको १७ बर्ष सम्म पनि पुरा हुन सकेको छैन् । मार्तडी–कोल्टि सड्क ४३ किलोमिटर रहेको छ । १७ बर्ष सम्म ३३ करोड भन्दा बढि खर्च भईसकेको भएपनि सामान्य बाटो खुल्ने काम पनि पुरा नभएको स्थानिय बासिले वताएका छन् । जसका कारण यातायात गर्न असहज भएको छ । २०५६ फाल्गुण ७ गते तत्कालिन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सड्कको शिलन्यास गरेका थिए । शिलन्यासका बेला २०६० सम्म कोल्टिमा गाडि पुयाईसक्ने लक्ष्य राखेको सभापति थापाले वताएका छन् । कामका लागि खाद्यन्न कार्यक्रम बाट २७ करोड ४० लाख, जिविस बाजुरा बाट ८ लाख, कर्णाली वरीपरीको कार्यक्रम बाट ३६ लाख र उत्तरी क्षेत्रका गाबिस बाट २१ लाख र सड्क बिभाग बाट ५ करोड गरि ३३ करोड ५४ लाख ५ हजार खर्च भएको जिल्ला विकास समिति बाजुराले वताएको छ । रकम करोडौ खर्च भईसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार