बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • महिलाको सक्रियतामा नमुना पानिनाँउला गाँउ

महिलाको सक्रियतामा नमुना पानिनाँउला गाँउ

  • आइतवार, अशोज ५, २०७६
महिलाको सक्रियतामा नमुना पानिनाँउला गाँउ

प्रकाश सिंह
बडिमालिका नगरपालिका ६ पानिनाँउला गाँउ जिल्लाकै नमुना गाँउका रुपमा चिनिन थालेको छ । २० परिवार रहेको गाँउलाई महिलाको अगुवाईमा जिल्लाकै नमुना र सफा गाँउ निर्माण बनाउन सफल भएका छन् । सधै चुलो चौकोमा मात्र सिमित देखिने महिलाहरुको सक्रियतामा पानिनाउँला गाँउ नमुना गाँउ बन्दै आएको वडा अध्यक्ष कला देवी बढुवालले वताएकि छन् ।


पानिनाँउला गाँउका महिलाहरु सक्रियतामा छाउपडि प्रथा अन्त्य सँगै पुर्ण सरसफाई युक्त बनाएका छन् । खानेपानीको ब्यबस्थापन्, घरको अगाडि जुठ्यान, घर घरमा सुधारीएको चुलो, घर अगाडी करेसाबारी रहेका छन् । सबै महिलाहरु दैनिक रुपमा घर आगन र साप्ताहिक रुपमा चौतारा, धारा बाटो घाटो सरसफाई गर्ने गरेको स्थानिय नन्दा कार्कीले वताएकि छन् ।
कुनै बेला सरसफाईमा निकै पछाडी रहेको यो बस्तिमा अहिले भने शौचालयको प्रयोग चाङ्ग, जुठ्यान निर्माण गरि सुन्दर गाँउ बनाउने अभियानमा लागेको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् । साथै महिलाहरु समुह गठन गरि विकास निर्माण र महिला हिशांका बारेमा छलफल गर्ने गरेको महिलाहरुले वताएका छन् । गाँउका महिलाहरु सधै चुलो र चौकोमा सिमित देखिन्थे, तर एक बर्ष यता भने चुलो चौकोमा मात्र नभई गाँउलाई सफा सुन्दर बनाउन लागेका छन् । गाँउमा जथाभावी फोहोर र घर आगँन फोहोर भएर गाँउनै दुर्गन्धित बन्नुका साथै बिभिन्न रोगहरुको शिकार बन्न पुगेपछि महिलाहरु गाँउनै सफा बनाउने अभियानमा लागेको कमला कार्कीले वताएकि छन् ।


पहिला पहिला यस्ता अभियानमा पुरुषको मात्र सहभागिता देखिने भएपनि पछिल्ला समयमा पुरुष भन्दा बढि महिलाहरुको सहभागिता बन्दै गएको कमलाले बताईन् । “बिहान मेला पात गएर दिउसो भने महिलाहरु गाँउ चाहरदै, सरसफाई अभियानमा लाग्ने गरेका छन् । महिलाहरु बिहान घरको काम गर्ने दिउसो टोल टोलमा गएर सरसफाई सन्देश दिनुका साथै बाटो, घरआगन, धारा, पधेरा सरसफाई गरदै आएका छन् । गाँउको विकासमा महिलाको मुख्य भुमिका पो हुने रहेछ, यो सरसफाई अभियानले प्रमाणित गरेको साहस नेपालका देसिन्द्र राईले वताए’ ।
गाँउमा बिगतमा फोहोर जन्य रोगको संक्रमण धेरै मात्रा फैलने गरेको थियो । तर अहिले भने धेरै कम मात्रामा फोहोर जन्य रोगहरुको संक्रमण कम हुन थालेको छ । गाँउलाई सफा सुन्दर, नमुना गाँउ बनाउनका लागि बडिमालिका नगरपालिका, साहस नेपाल, सुआहार, सेभ द चिल्ड्रेन, पिसवीन नामक गैर सरकारी संस्थाले सहजीकरण गरीरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार